arthik abhiyan
ad banner

डेंगीको लक्षण देखिँदैमा आत्तिनु पर्दैन

Sep 13, 2019 
अन्तरवार्ता स्वास्थ्य र जीवन शैली
Image Not Found

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगले पछिल्लो समय महामारीको रूप लिएको छ । जनमानसमा त्रासको रूपमा फैलिरहेको डेंगीका बिरामी दिनानुदिन बढेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार साउनपछि मात्र ५ हजारभन्दा बढीमा डेंगीको संक्रमण पुष्टि भएको छ । सरकारी र निजी अस्पतालमा डेंगी परीक्षण गर्नेको चाप बढेको छ । यसै सन्दर्भमा डेंगी रोग, यसक लक्षण, उपचार लगायतबारे निदान अस्पताल पुल्चोकका ‘इन्टरनल मेडिसिन’ तथा तथा डेंगी रोग विशेषज्ञ डा. राजेश पन्तसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :

डेंगी कस्तो रोग हो ?
डेंगी नामक भाइरसको संक्रमणका कारण डेंगी रोग लाग्दछ । एडिस जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । यो लामखुट्टेको शरीर र खुट्टामा सेता÷काला धब्बाहरू हुन्छन् । मानिसको नजीक पानी जमेका ठाउँ यसका लागि अनुकूल हुन्छ । 

डेंगी कसरी सर्छ ?
लामखुट्टेले टोक्नेबित्तिकै यो रोग सर्ने भन्ने होइन । शरीरमा डेंगी भाइरस भएको रोगीको रगत पिएर एडिसले आपूmमा उक्त भाइरसको विकास गर्छ । रोगीको रगत पिएको ३ दिनदेखि १० दिनसम्ममा लामखुट्टेमा डेंगी विकसित हुन्छ । लामखुट्टेमा डेंगी भाइरसको विकास भएपछि यसले एकैचोटिमा धेरैको शरीरमा यो भाइरस सार्न सक्छ । 

डेंगीको संक्रमणपछि कस्ता लक्षण देखिन्छन् ? 
यसको संक्रमण भएको ३ दिनदेखि १४ दिनपछि लक्षण देखिन थाल्छन् । शुरूको (प्राइमरी) र दोस्रो (सेकेन्डरी) गरी डेंगीका दुई अवस्था हुन्छन् । शुरूको अवस्थामा कडा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मेरुदण्ड तथा जोर्नीहरू अत्यधिक दुख्ने, आँखा रातो हुने, पखाला लाग्ने, घाँटी दुख्ने, छालामा राता दाग देखिने जस्ता लक्षणहरू देखिन्छन् । त्यसपछि बोली लर्बराउने, अनुहार सधैंभन्दा फरक देखिने, पिसाब कम हुने, श्वास फेर्न गाह्रो हुने, पेटमा पानी जम्ने, कलेजो सुन्निने जस्ता ‘वार्निङ शाइन’हरू देखिन थाल्छन् । यस्तै, शरीरमा यो भाइरस विकसित हुँदै जाँदा दोस्रो अवस्थामा रक्तस्राव हुने, रक्ताचाप घट्ने आदि लक्षण देखिन्छन् ।

डेंगीबाट बच्न के गर्नुपर्छ ?
डेंगीको औषधि छैन । यसबाट सुरक्षित रहने उपाय लामखुट्टेको टोकाइबाट बच्ने नै हो । यसका लागि राति सुत्दा भूmल अनिवार्य लगाएर सुत्नुप¥यो । पूरै शरीर ढाक्ने कपडा लगाउनुप¥यो । घर वरिपरि यो लामखुट्टे बस्ने हुँदा नजीकका खाल्डाखुल्डी पुर्ने, फोहोर सफा गर्ने लगायत काम गर्नुपर्छ । यसबाहेक लामखुट्टेको टोकाइबाट बच्ने क्रिम लगाउनु पनि राम्रो हुन्छ ।

यतिबेला महामारीको रूपमा डेंगी फैलिनुको कारण के हुन सक्छ ?
फोहोरमैला व्यवस्थापन नहुनु, घर वरिपरि पानी जम्ने ठाउँ आदि कारण यो रोग फैलिएको हो । जनसंख्या वृद्धि, बसाइसराइ, यातायात, अव्यवस्थित शहरीकरण लगायत कारणले पनि यो रोग फैलिएको हुन सक्छ । एडिस लामखुट्टेको विकासका लागि अनुकूल वातावरण बन्दै गएकाले यो महामारीको रूपमा फैलिएको हो । तर यो नयाँ रोग भने होइन । नेपालमा विगतका वर्षमा पनि यो महामारीको रूपमा पैmलिएको थियो । यतिबेला काठमाडौंमै पनि डेंगीका बिरामी अत्यधिक देखिएका छन् । हाम्रोमा डेंगीका बिरामी दैनिक आठ जना आइरहेका छन् । यातायातको माध्यमद्वारा अन्य ठाउँबाट भाइरस जीवाणु देखिएका छन् । पछिल्लो समय काठमाडौंको तापक्रम बढ्दै गएकाले यस्ता लामखुट्टेका लागि अनुकूल वातावरण बन्दै गएको छ ।

यो लामखुट्टे कुन समयमा बढी सक्रिय हुन्छ ?
बिहानको समयमा यो लामखुट्टे बढी सक्रिय हुन्छ । बिहान न्यानो तापक्रममा यसले टोक्ने सम्भावना बढी भएकाले विशेष सचेत हुनुपर्छ । 

कुन अवस्थामा डेंगी खतरनाक हुन सक्छ ?
हुन त अहिले डेंगीले महामारीकै रूप लिएको छ । सयौं मानिसमा यो रोग देखिएको छ, सामान्य अवस्था छैन । डेंगी भाइरस ए, बी, सी र डी गरी चार प्रजातिको हुन्छ । चार ओटामध्ये एउटा भइरस भएमा त्यो त्यति डरलाग्दो हुँदैन । सामान्यतया एक मौसममा एक प्रजातिको डेंगी सक्रिय हुने गरेको छ । अहिले अधिकांशमा प्राइमरी डेंगी देखिएको छ, जुन त्यति खतरनाक हुँदैन । तर सेकेन्डरी अवस्थाको डेंगीबाट मृत्युसम्म हुन सक्छ । हालै पनि काठमाडौंबाहिर केहीको ज्यान गएको छ । पोहोर सामान्य अवस्थामा रहेको डेंगीले अहिले विकराल बनेको छ । अर्को वर्ष अहिलेको भन्दा फरक डेंगी भाइरसले संक्रमण गरेमा त्यो पनि भयावह हुनेछ । यसकारण रोग फैलन नदिन सबैतिरबाट प्रयास थाल्नुर्ने देखिएको छ ।

एडिस लामखुट्टे कस्तो ठाउँमा बस्छ ?
पानी जमेको बढी तापक्रम भएको ठाउँमा यो लामखुट्टे बस्छ । घरभित्र पानी जमेको बाल्टी, गाग्री, ट्यांकी आदिमा पनि यसले घर बनाउन सक्छ । टायर, गमला र पानी जमेको खाली भाँडामा पनि यो बसेको हुन सक्छ ।

डेंगीको उपचार कसरी हुन्छ ?
प्राइमरी अवस्थालाई सामान्य मानिन्छ । यस्तो अवस्थामा अस्पताल भर्ना गर्न जरुरी छैन । बिरामीको रगत परीक्षण गरेर शरीरलाई आवश्यक मात्रामा पानी पिउन सुझाव दिइन्छ । यस्तै अन्य सहयोगी उपचार यसमा पर्दछन् । त्योभन्दा जटिले अवस्थामा पुनः परामर्श लिनुपर्छ । जतिसक्दो चाँडो रोगको पहिचान गरी अन्य असर पर्नबाट बच्न सकिन्छ । डेंगी लाग्दा जथाभावी कुनै पनि औषधि खानुहुँदैन । लक्षण देखिएमा तुरुन्त विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

कन उमेर समूह वा वर्गका मानिसमा डेंगीको उच्च जोखिम देखिन्छ ?
बालबालिका, वृद्धवृद्धा, गर्भवती महिलाका साथै मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो तथा मिर्गौलाका रोगी लगायत डेंगीको उच्च जोखिममा हुन्छन् ।

अन्त्यमा के भन्नुहुन्छ ?
अहिलेको अवस्थामा महामारीको रूपमा यो रोग फैलिरहेकाले यसका लक्षण देखिएमा जाँच गर्न र यसबाट बच्ने उपाय अपनाउन आवश्यक छ । डेंगी लाग्दैमा आत्तिनुपर्दैन, तर आवश्यक परामर्श र उपचारमा भने ध्यान दिनुपर्छ । दुखाइ कम गर्ने लगायत कुनै पनि औषधि डाक्टरको सल्लाहविना खानुहुँदैन ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्