arthik abhiyan
ad banner

सिद्धबाबा राजमार्गमा पहिरो : जिप पुरिँदा चालकको मृत्यु

Sep 13, 2019 
प्रदेश ०५
Image Not Found

भदौ २७, बेझाङ । सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ ।
 
शुक्रवार बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो पनि पहिरोले पुरिएको जिल्ला प्रही कार्यालय पाल्पाले जानकारी दिएको  छ । ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी सञ्चालन भइरहेको छ । रासस
 

प्रतिक्रिया दिनुहोस्