ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मोबाइलको ब्लू लाइटको असरबाट यसरी बचौं

Sep 16, 2019  
प्रविधि
Image Not Found

धेरैको बानी रातको समयमा खाटमा सुतेर मोबाइल चलाउने हुन्छ । यस्तो बानीको विकासले मानिसको आँखामा नकारात्मक प्रभाव पर्ने लामो समयको वैज्ञानिक अध्ययनले देखाएको छ ।   साथै यसले अनिद्रा, स्मरण शक्तिमा ह्रास, तौलमा वृद्धिलगायत समस्या पनि उत्पन्न हुन सक्ने अध्ययनले देखाएको छ । त्यसैले, धेरै रातिसम्म मोबाइलमार्फत म्यासेञ्जर, इन्स्टाग्राम लगायत सञ्जाल चलाउँदा अँध्यारोमा प्रभाव पार्ने कृत्रिम उज्यालोबाट बच्नु जरुरी छ ।

स्वीडेनको उपसाला विश्वविद्यालयका युवायुवतीमा गरिएको पछिल्लो एक अध्ययनले सूर्यको प्रकाश आँखाले ग्रहण गर्नेगरी घरबाहिर केही समय बसेमा मोबाइलको प्रकाशबाट हुने हानि कम हुने देखाएको छ । अनुसन्धानमा दिउँसो सूर्यको प्रकाशले हाम्रो शरीरको बडी क्लकलाई पुनः आफ्नो अवस्थामा ल्याइदिन्छ । यसअघि गरिएको सर्वेक्षणले मोबाइलबाट निस्कने ब्लू लाइटले हाम्रो शरीरको बडी क्लकलाई द्विविधामा पार्ने गरेको देखिएको थियो । ओछ्यानमा सुतेको अवस्थामा मोबाइल चलाउनाले मोबाइलबाट आउने ब्लू लाइटले मानिसको दिमागलाई जागा बनाउँछ, फलस्वरूप निद्रा आउने हर्मोनले काम गर्न छाड्छ र मानिसलाई अनिद्राको समस्या आउँछ । यस्तोमा लगातार रूपमा मानिसको तौलमा वृद्धि हुने खतरा पनि बढी हुन्छ । अध्ययनका अनुसार दिनमा लिएको सूर्यको प्रकाशबाट रातको समयमा २ घण्टासम्म मोबाइलबाट निस्किने ब्लू लाइटबाट बचाउन सक्ने देखिएको छ । तर, रातको समयमा २ घण्टाभन्दा बढी समयसम्म काम गरेको खण्डमा भने त्यसको प्रभाव बडी क्लकमा पर्ने देखिएको छ । दिनको समयमा घरबाहिर रहेको अवस्थामा रातको समयमा मोबाइलको ब्लू लाइटबाट २ घण्टासम्म नकारात्मक असर नपर्ने देखिएको हो । यद्यपि, दिनमा सूर्यको प्रकाश लिने आँखाको क्षमतामा पनि यो निर्भर रहने बताइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्