ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दूरसञ्चार प्राधिकरणको सांगठनिक संरचना परिवर्तन

Sep 16, 2019  
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो   सांगठनिक संरचना परिवर्तन गरेको छ । नयाँ सांगठनिक संरचना लागू भएसँगै प्राधिकरणले केही कर्मचारी पनि थपेको छ । नयाँ संरचना अनुसार महाशाखालाई निर्देशनालय र विभागहरूलाई महाशाखामा रूपान्तरण गरिएको छ ।

नयाँ सांगठनिक संरचनामा यसअघिको जस्तै दुई जना वरिष्ठ निर्देशक रहनेछन् भने उनीहरूको मातहतमा सात जना निर्देशक रहनेगरी महाशाखाको व्यवस्था गरिएको छ । प्रविधि तथा पूर्वाधार विकास महाशाखालाई प्रविधि तथा पूर्वाधार विकास निर्देशनालयमा रूपान्तरण गरिएको छ भने सो निर्देशनालय अन्तर्गत नियमन महाशाखा, पूर्वाधार महाशाखा र स्तरीकरण महाशाखा राखिएको छ ।

त्यस्तै प्रशासन तथा अनुमतिपत्र महाशाखालाई निर्देशनालयमा रूपान्तरण गरिएको छ भने सो अन्तर्गत प्रशासन महाशाखा, कानुन तथा अनुमतिपत्र महाशाखा र उपभोक्ता हित संरक्षण महाशाखा राखिएको छ । संरचनामा यसअघिको अनुमतिपत्र र उपभोक्ता विभागलाई टुक्य्राएर उपभोक्ता हित संरक्षण महाशाखा गठन गरिएको छ भने अनुमतिपत्रलाई कानूनसँग जोडिएको छ । अर्को ग्रामीण दूरसञ्चार तथा पूर्वाधार महाशाखालाई पनि टुक्य्राइएको छ, जस अन्तर्गत पूर्वाधार महाशाखा छुट्टै कायम गरिएको छ भने स्तरीकरण महाशाखा नयाँ गठन गरिएको छ ।

हाल प्राधिकरणमा दुई वरिष्ठ निर्देशक तथा पाँच निर्देशकहरूको व्यवस्था रहँदै आएको छ भने नयाँ संरचनामा दुई निर्देशक थपिएका छन् । त्यसैगरी उप निर्देशक तथा सहायक निर्देशकको संख्या पनि बढेको छ । नयाँ संरचनामा वरिष्ठ निर्देशक प्राविधिकतर्फबाट एक जना तथा प्रशासन तर्फबाट एक जना हुनेछन् भने निर्देशकतर्फ प्राविधिक तीन, प्रशासन तीन तथा विविधमा एक जना रहने व्यवस्था गरिएको छ । उपनिर्देशकहरूमध्ये आठ जना प्राविधिकतर्पm र १० जना प्रशासनतर्फ रहनेछन् । सहायक निर्देशकमध्ये दुवैतर्फ १८ र १८ जनाको व्यवस्था गरिएको छ । 

अन्य नियमनकारी निकायकै स्वरूपमा नयाँ सांगठनिक संरचना कायम गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । हाल दूरसञ्चार प्राधिकरणमा वरिष्ठ निर्देशकको पदमा रहेका आनन्दराज खनाललाई २०७५ पुस १७ गते मन्त्रालयमा तानिएको थियो । त्यस्तै वरिष्ठ निर्देशकको रूपमा तत्काल कार्यरत रहेका पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्त भएपछि उनको पद खाली रहँदै आएको छ ।

नयाँ संरचना अनुसार नियमन महाशाखाको जिम्मेवारी अम्बर स्थापितलाई दिइएको छ भने स्तरीकरण महाशाखाको जिम्मेवारी मीनप्रसाद अर्यालले पाएका छन् । प्रशासन महाशाखा दीपेश आचार्यलाई तोकिएको छ भने उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारीमा अर्जुन घिमिरे छन् । सीधै अध्यक्षको मातहतमा रहेको अनुगमन शाखाको प्रमुख भने विजयकुमार रोयलाई तोकिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्