ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्से घट्ने क्रम जारी, तेस्रो घण्टामा ११.४१ अंकले घट्यो (२ बजेको अपडेट)

Sep 16, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । सोमवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ११ दशमलव ४१ अंकले घटेर १ हजार १२८ दशमलव ६१ विन्दुमा पुगेको छ । १ हजार १४० दशमलव ५० विन्दुबाट शुरु भएको नेप्से यस अवधिमा १ प्रतिशत घटेको हो ।  

कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार र अन्य समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । तेस्रो घण्टाको कारोबारमा १६५ कम्पनीको रू. १७ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म नेपाल बैंकको सर्वाधिक रू. १ करोड २९ लाख  बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य सो समयसम्म रू. ३०९ मा कारोबार भईरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्