arthik abhiyan
ad banner

ब्रेन्ट क्रुडको भाउ १० प्रतिशतले बढ्यो 

Sep 16, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

भदौ ३०, लन्डन (बेलायत) । कच्चा तेलको भाउमा सोमवार उच्च वृद्धि भएको छ । शनिवार साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणका कारण त्यहाँको तेल उत्पादन आधामा आएपछि सोमवार कारोबारमा तेलको दुवै बेञ्च्मार्कले टेवा पाएको हो । सोमवार लन्डनस्थित आईसीई एक्सचेक्सको कोमेक्स डिभिजनमा बिहानी कारोबारमा अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड फयूचर्सको भाउ प्रतिब्यारेल ६ डलर २४ सेन्टले बढेर ६६ डलर ४६ सेन्टको उच्च विन्दुमा पुगेको थियो । यो अघिल्लो दिनको तुलनामा ६ डलर २४ सेन्ट बढी हो ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुड फयूचर्सको भाउ पनि ९ दशमलव २८ प्रतिशत अर्थात् ५ डलर शून्य ९ सेन्टले बढेर प्रतिब्यारेल ५९ डलर ९४ सेन्टसम्म उक्लिएको थियो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार दिउँसो १ः४४ बजेतिर भने ब्रेन्ट क्रुडको भाउ ९ दशमलव शून्य ४ प्रतिशतको वृद्धिसहित ६५ डलर ९७ सेन्ट कायम भएको थियो । सोही समयमा डब्ल्यूटीआईको भाउ पनि ७ दशमलव ८७ प्रतिशतको वृद्धिसहित ५९ डलर १९ सेन्टमा रहेको थियो । 

शनिवार भएको २ ओटा ड्रोन आक्रमणमा साउदी अरेबियाको तेल कम्पनी साउदी अराम्कोको अबक्याकमा रहेको तेल प्रसोधन केन्द्र र खुराइस नजिकै रहेको आयल फिल्डमा क्षति पुगेको थियो । सो क्षतिका कारण साउदीको दैनिक तेल उत्पादनमा दैनिक ५७ लाख ब्यारेल कटौती भएको छ । अबक्याकको तेल प्रशोधन केन्द्र विश्वको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो ।

सो केन्द्रको प्रशोधन क्षमता दैनिक ७० लाख ब्यारेल रहेको छ । खुराइस आयल फिल्डबाट दैनिक १५ लाख ब्यारेल तेल उत्पादन हुन्छ । सो घटनाले बजारमा पर्ने प्रभाव अस्थायी भएपनि यसले वियरिश चक्रबाट बजारलाई टाढा लैजाने, जोमिख प्रिमियम बढाउने र सर्ट पोजिशनमा बसेर कारोबार गर्ने प्रवृत्ति बढाउने एसएण्डपी ग्लोबल प्लाटस, एनालिटिक्सका ग्लोबल हेड क्रिस मिड्ग्लेले बताएका छन् । एजेन्सी 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्