arthik abhiyan
ad banner

क्यान निर्वाचनको नयाँ मिति तय, क्यानको निलम्बन फुकुवा  होला त ? 

Sep 16, 2019 
खेल विविध
Image Not Found

भदौ ३०, काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ ।     

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको सोमवार बसेको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो ।  

यसअघि जिल्ला र प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितिले असोज ३ र ४ गतेका लागि केन्द्रीय निर्वाचनको मिति तोकेको थियो । तर, त्यसमा राखेपले असहमति जनाएपछि चुनाव हुने/ नहुनेबारे अन्यौल भएको थियो ।     

राखेप सदस्यसचिव सिलवालले निर्वाचनको मिति तय, निर्वाचनलाई कसरी स्वतन्त्र पारदर्शी बनाउने र आईसीसीको बैठकमा क्यानको निलम्बनलाई कसरी फुकुवा गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।     
     
 उनले अब बस्ने आईसीसीको बैठकमा क्यानको निलम्बन फुकुवा हुनेमा आफू आशावादी रहेको बताए । 

त्यस्तै नेपालमा क्रिकेट पूर्वाधारका साथै प्रतियोगिता आयोजना र खेलाडीको प्रशिक्षणलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा आईसीसी सकारात्मक रहेको सदस्यसचिव सिलवालको भनाइ थियो ।     
     
 त्यसैगरी आईसीसीका प्रतिनिधि इमरान ख्वाजाले नेपाली क्रिकेटमा विद्यमान विवाद समाधानको अन्तिम चरणमा रहेको बताए । उनले निर्वाचन भएपछि औपचारिक रुपमा क्रिकेटमा नयाँ नेतृत्व आउने र त्यसपछि आइसिसीको आगामी बैठकमा क्यानको निलम्बन फुकुवाका लागि पहल गर्ने बताए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्