ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अनलाइनबाटै कानूनी परामर्श

Sep 23, 2019  
प्रविधि
Image Not Found

काठमाडौं (अस) । अब अनलाइनबाटै कानूनी परामर्श लिन सकिने भएको छ । स्मार्ट ल इन्क्युबेटरले ‘मेरो अड्डा’ सार्वजनिक गरेसँगै अनलाइन माध्यमबाट कानूनी परामर्श लिने सुविधा उपलब्ध भएको हो ।

‘मेरो अड्डा’ मार्फत जो कोहीले पनि कानून व्यवसायीसँग प्रत्यक्ष कानूनी सल्लाह लिन सक्ने कम्पनीले बताएको छ । अनलाइनमा सोधिएका प्रश्नको जवाफ कानूनविद्द्वारा प्रदान गरिने जानकारी दिइएको छ ।

कम्पनीका अनुसार सूचना प्रविधियुक्त न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्ने स्व. प्रधान न्यायधीश केदारप्रसाद गिरीको सम्झनामा ‘मेरो अड्डा’ सञ्चालनमा ल्याइएको हो । स्वर्गीय गिरीले ई–अदालत प्रणाली, अटोमेशन, इलेक्ट्रोनिक कज लिस्ट, अनलाइन मुद्दा स्थिति, फैसला र आदेश सप्mटवेयर सूचीकरणका साथै अदालत, राष्ट्रिय न्यायिक प्रतिष्ठान र नेपाल बारलाई फाइबर अप्टिकलले जोड्ने काम समेत गरेका थिए । साथै उनले डिजिटल अदालत, कानूनी सूचना केन्द्र, इलेक्ट्रोनिक निवेदन आदेश प्रक्रिया, ई–दर्ता चलानी, अदालत शुल्क सफ्टवेयर, ई–टिप्पणी, सर्वोच्च अदालत ई–पुस्तकालय र मिसिल सफ्टवेयर मार्फत डिजिटल न्यायपालिका अघि बढाउने कार्यको थालनी गरेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्