ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उत्कृष्ट सय कम्पनीमा पर्ने जियोको लक्ष्य

Sep 23, 2019  
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जियोले आगामी ३ वर्षभित्रै विश्वका ठूला १०० कम्पनीमा पर्ने लक्ष्य लिएको छ । बजार विश्लेषक कम्पनी कान्तार मिलवार्ड ब्राउन तथा कम्युनिकेशन सर्भिस प्रोभाइडर डब्ल्यूपीपी पीएलसीले गरेको हालैको अनुसन्धान प्रतिवेदन अनुसार जियो तीव्र व्यावसायिक गतिमा अघि बढिरहेको छ । सन् २०१६ देखि सञ्चालित जियो भारतीय उपभोक्तामाझ लोकप्रिय कम्पनी बन्न सफल भएको छ ।

प्रतिवेदनका अनुसार जियोको कारण भारतीय टेलिकम कम्पनीहरूले आप्mना प्रयोगकर्तालाई धेरै छूट तथा सहुलियतमा सेवा दिनुपरेको छ । किनकि कम्पनीले प्रयोगकर्तालाई ठूलो मात्रामा डेटामा छूट दिइरहेको थियो । अहिले जियोका ग्राहक ३४ करोड छन् ।

जियो सार्वजनिक हुँदाको समयमा कम्पनीले ६ महीनासम्म निःशुल्क डेटा दिएको थियो भने त्यसपछि न्यून शुल्कमा डाटा उपलब्ध गराउँदै आएको छ । सस्तोमा डेटा सेवा दिएकै कारण जियो भारतका न्यून खर्च गर्न चाहने ग्राहकलाई आकर्षित गर्न सफल भयो । जियोका कारण भोडाफोन र एयरटेललाई आफ्नो शुल्कदर घटाउन दबाब परेको थियो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्