ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

इन्टरनेटको पहुँच : सार्क राष्ट्रमध्ये तेस्रो स्थानमा नेपाल

Sep 23, 2019  
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । इन्टरनेट पहुँचको आधारमा नेपाल सार्क राष्ट्रमध्ये तेस्रो स्थानमा परेको एक अध्ययनले देखाएको छ । अहिले नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड नजीक पुगेको छ । इन्टरनेट वर्ल्ड  स्टेटले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको ५४ दशमलव १ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । सार्कमा नेपाल माल्दिभ्स र बंगलादेशभन्दा पछि छ । माल्दिभ्समा इन्टरनेटको पहुँच कुल जनसंख्याको ८१ दशमलव ९ प्रतिशतमा छ भने बंगलादेशमा यो पहुँच ५७ दशमलव २ प्रतिशत जनसंख्यामा पुगेको छ ।

इन्टरनेट पहुँचका आधारमा  भुटान, भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान नेपालभन्दा पछि छन् । इन्टरनेट वल्र्ड स्ट्याटको तथ्यांक अनुसार भुटानमा कुल जनसंख्याको ४८ दशमलव १ प्रतिशत इन्टरनेटको पहुँच छन् । त्यस्तै भारतमा ४० दशमलव ९, पाकिस्तानमा ३५, श्रीलंकामा ३४ दशमलव १ र अफगानिस्तानमा १९ दशमलव ७ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा रहेको तथ्यांकमा उल्लेख छ ।

देशको जनसंख्या र त्यसको आधारमा इन्टरनेटको पहुँच हेर्दा नेपाल तेस्रो स्थानमा देखिएको हो । इन्टरनेट प्रयोगकर्ताको संख्याको अधारमा भने नेपाल एक चौथो स्थानमा छ ।

सार्क राष्ट्रमध्ये भारत इन्टरनेट प्रयोगकर्ताको संख्याको आधारमा पहिलो स्थानमा छ । एशियाको कुल इन्टरनेट प्रयोगकर्र्तामध्ये २४ दशमलव ३ प्रतिशत भारतीय नागरिक छन् । एशियामा कुल जनसंख्याको ५४ प्रतिशत मानिस इन्टरनेटको पहँुचमा छन् । यसलाई १०० प्रतिशत मानेर गरिएको हिसाबले  भारतको उक्त स्थान देखाएको हो ।

दोस्रोमा बंगलादेश, तेस्रोमा पाकिस्तान त्यसैगरी एशियाको इन्टरनेट प्रयोगकर्ताको संख्याको आधारमा सार्क राष्ट्रमध्ये बंगलादेश दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । एशियाको कुल इन्टरनेट प्रयोगकर्तामध्ये बंगलादेश, पाकिस्तान र नेपालको हिस्सा क्रमशः ४ दशमलव २, ३ दशमलव १ र शून्य दशमलव ७ प्रतिशत छ । उक्त प्रतिवेदनका अनुसार पछिल्लो ५ वर्षमा नेपालमा मोबाइल इन्टरनेटका प्रयोगकर्ताहरू ठूलो मात्रामा बढेका छन् । फलस्वरूप इन्टरनेटमा नेपालीको पहुँच उल्लेख वृद्धि भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्