arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दशैंसम्म मनसुनले नेपाल नछोड्ने, देशभर हल्का र छिटपुट वर्षा !

Sep 24, 2019  
विविध
Image Not Found

असोज ७, काठमाडौं । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैंसम्म मनसुन सक्रिय हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझै दुई साता मनसुन सक्रिय रहने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । ‘मनसुन सक्रिय भए पनि निरन्तर भारी वर्षाको सम्भावना छैन, देशभर हल्का र छिटपुट वर्षा हुनेछ,’ उनले भने ।

पश्चिम नेपालबाट पूर्वी नेपालतर्फ जलवाष्पयुक्त हावा सर्दै जानुलाई मनसुन सकिने संकेतका रुपमा लिने गरिन्छ । केही दिनअघिदेखि अरेबियन तथा बंगालको खाडीबाट जलवाष्प निरन्तर आइरहेकाले मनसुनको समय लम्बिने सम्भावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षा भइरहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्