ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘प्रकृति संरक्षणमा बौद्धमार्गीको भूमिका महत्त्वपूर्ण’

Sep 25, 2019  
विकास
NA

दोलखा (अस) । प्रकृति संरक्षणमा बौद्धमार्गीहरूको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । राष्ट्रिय संरक्षण दिवसको अवसरमा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाद्वारा मंगलवार दोलखाको सिँगटीमा आयोजित कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा आयोजना प्रमुख सत्यनारायण शाहले बौद्ध धर्मको सिद्धान्त नै अहिंसा भएकाले वन्यजन्तु संरक्षणमा बौद्धमार्गीको विशेष भूमिका हुने बताए । गौरीशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्रभित्रका उच्च भूभागमा बौद्धमार्गीको सघन बसोवास रहेकाले वन्यजन्तु तथा वनजंगल संरक्षणमा उनीहरू सहयोगी हुने उनको भनाइ छ । 

कार्यक्रममा स्वीस राजदूत एलिजावेथ भा क्यापेलरले नेपालको प्रकृति संरक्षणमा सबै धर्मका मानिस लाग्नुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा सहभागी लामा गुरुहरूले हिमाली क्षेत्रमा वन्यजन्तुको संरक्षण गर्नुलाई आपूmहरूले दायित्व ठानेको बताएका थिए । कार्यक्रममा गौरीशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्रभित्रका विभिन्न गुम्बाका ४० लामा सहभागी थिए । सो अवसरमा स्विस सरकारको सहयोगमा निर्मित छोतछोत–च्छोरोल्पा पदमार्ग नेपालका लागि स्वीस राजदूत क्यापेलरले गौरीशंकर संरक्षण क्षेत्र आयोजनालाई हस्तान्तरण गरेकी थिइन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्