arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पाँचौं ‘फूड टेक एशिया’ एक्स्पो शुरु (फोटो फिचर)

Sep 25, 2019  
फोटो फिचर
Image Not Found

विभिन्न खाद्य वस्तु सम्बन्धी आधुनिक उपकरणलगायतका सामग्रीहरुको प्रदर्शनी ‘फूड टेक एशिया’ को पाँचौं संस्करण बुधवारदेखि भक्तपुरमा शुरु भएको छ । ओलम्पिया एक्जिविशन प्रालिको आयोजना तथा ईआरएम कन्सेप्ट प्रालि सह–आयोजनामा भक्तपुरको सल्लाघारीमा शुरु भएको उक्त एक्स्पोमा विभिन्न प्रकारका क्याटरिङ उपकरण, प्याकेजिङ मेशिन, पेय पदार्थ तथा प्रविधि, खानेकुरा बनाउने मेशिन, बेकरी मेशिन तथा डेरी उपकरण, आइसक्रिम प्लान्ट र कोल्ड स्टोरेज प्रणाली लगायत राखिएका छन् ।

शनिवारसम्म सञ्चालन हुने प्रदर्शनी बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ‘बिजनेश आवर’ र त्यसपछि साँझको साढे ६ सम्म ‘जेनेरल आवर’ गरी दुई चरणमा सञ्चालन हुनेछ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था छ । १०० स्टल रहेको प्रदर्शनीमा १० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान आयोजकको छ ।

तस्वीरहरु : प्रदीप कुमार श्रेष्ठ/आर्थिक अभियान

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्