arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

क्यानको अध्यक्षमा चतुरबहादुर विजयी

Sep 28, 2019  
खेल विविध
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । 

शनिवार सम्पन्न भएको चुनावबाट उनले विनयराज पाण्डेलाई २९ मतले पराजित गरेका हुन् । कुल ५९ मत मध्ये नवनिर्वाचित अध्यक्ष चन्दले ४४ मत  पाएका थिए भने  पाण्डेले १५ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा राजुबाबु श्रेष्ठ विजयी भएका छन् भने सचिवमा अशोकनाथ प्याकुरेल विजयी भएका छन् ।  कोषाध्यक्षमा भने रोशनकुमार बिष्ट विजयी भएका छन् ।

यसैगरी प्रदेश १ को सदस्यमा कैलाश बिष्ट, प्रदेश ३ मा अमितवीर पाण्डे, प्रदेश २ मा दाउद अन्सारी, प्रदेश ४ मा ऋषि गौतम, प्रदेश ५मा प्रशन्तविक्रम मल्ल, प्रदेश ६मा पदम खड्का र प्रदेश ७मा विक्रम बिष्ट र महिलातर्फ जयन्ती भट्ट  चियन भएका छन् ।

त्यस्तै खुला सदस्यमा दुर्गा राज पाठक, विरेन्द्रवहादुर चन्द, माधव कुमार कर्माचार्य, संजय राज सिंह र करन महोत्रा क्षेत्री विजयी भएका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्