arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल बैंकको सीईओमा अधिकारी नियुक्त

Sep 30, 2019  
विविध
NA


काठमाडौं (अस) । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । बैंकको शनिवार बसेको सञ्चालक समितिको बैठकले सीईओमा परेको १४ जनाको आवेदनमध्येबाट अधिकारीलाई नियुक्त गरेको हो । 

यसअघिका सीईओ देवेन्द्रप्रताप शाहको अवकाशसँगै अधिकारीले कायममुकायम सीईओको काम गर्दै आएका थिए । नवनियुक्त सीईओ अधिकारीले वि.सं. २०६१ कात्तिकदेखि सहायक प्रबन्धकको रूपमा नेपाल बैंकमा करियर शुरू गरेका थिए । उनी वि.सं २०६६ मा प्रधान कार्यालयमै वरिष्ठ प्रबन्धक, २०७० मा ट्रेजरी विभागका मुख्य प्रबन्धक, २०७३ मा सहायक सीईओ हुँदै नायब सीईओ समेत भइसकेका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्