arthik abhiyan
ad banner

मेडिकल ड्रोनको निर्माण अन्तिम चरणमा 

Sep 30, 2019 
प्रविधि
Image Not Found

 

म्याग्दी (अस) । राष्ट्रिय आविष्कार केन्द्रले बनाउन लागेको ‘मेडिकल ड्रोन’को काम अन्तिम चरणमा पुगेको छ । केन्द्रले बनाएको उक्त ड्रोन तिहारपछि औषधि बोकेर नेपालका गाउँ गाउँमा पुग्ने सामाजिक अभियन्ता महावीर पुनले हालै टेलिफोन मार्फत जानकारी दिएका हुन् ।

विगत २ वर्षदेखि मेडिकल ड्रोन निर्माणमा लागेका पुनले अहिले यसको ८० प्रतिशतभन्दा बढी काम सकिएको जानकारी दिए । ‘२०७४ सालमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा औषधि बोकाएर ड्रोन पठाएका थियौं । त्यो हाम्रो परीक्षण थियो,’ उनले भने, ‘त्यसपछि पनि विभिन्न ठाउँमा उडान गर्‍यौं । त्यस क्रममा देखिएका कमी–कमजोरी सच्याउने काम भइरहेको छ ।’

अनुसार अहिले १६ ओटा ड्रोन बनाउने काम भइरहेको छ । ती ड्रोनहरू फरक प्रयोजनका छन् । म्याग्दीमा उडेको ड्रोन पहिलो भर्शनको थियो । अहिले ड्रोनको तेस्रो भर्शनमा काम भइरहेको उनले बताए ।

केन्द्रमार्फत काठमाडौं, चितवन, धरान, जनकपुर र पोखरामा विभिन्न अनुसन्धानको काम भइरहेको पुनले जानकारी दिए । आविष्कार केन्द्रले अहिले कृषि, इन्जिनीयरिङ, शिक्षा, बायोमेडिकल, पर्यटन लगायत १६ क्षेत्रमा अनुसन्धान तथा परीक्षण गरिरहेको उनले बताए । मेडिकल ड्रोनले नेपालका भौगोलिक हिसाबले विकट स्थानमा रहेका स्वास्थ्य चौकीहरूमा औषधि पुर्‍याउने काम गर्नेछ । नेपालमा मेडिकल ड्रोनको प्रयोगले स्वास्थ्य पहुँच विस्तारमा महत्त्वपूर्ण टेवा पुग्ने सरोकारवालाहरूले बताएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्