arthik abhiyan
ad banner

जहाज नकिन्ने, कर्मचारी थप्ने

Oct 1, 2019 
१० वर्ष अघि
NA


नेपाल वायु सेवा निगमले गरेको जहाज खरिद प्रक्रिया एक वर्ष लम्बिएको छ । यही दसैअगाडि जेट विमान खरिद गर्न सुरु गरेको प्रक्रिया कार्यकारी प्रमुख सम्बन्धी विवाद अदालत पुगेपछि अचानक स्थिति फेरिएको थियो । ‘यो विवाद नभएको भए यतिबेला विमानस्थलमा हाम्रै आफ्नै जहाज देख्नुहुन्थ्यो ।’ निगमका कार्यकारी प्रमुख सुगतरत्न कंसाकार भन्छन् । केही महिनाअगाडि सरकारले आफूलाई हटाएर कंसाकारलाई महाप्रबन्धक नियुक्त गरेकोमा आपत्ति जनाउँदै तत्कालीन महाप्रबन्धक केबी लिम्बुले सर्वोच्च अदालतमा उजुरी दिएका थिए । सर्वोच्चका न्यायाधीशद्वय रामुप्रसाद श्रेष्ठ र मोहनप्रकाश सिटौलाको संयुक्त आदेशले मुद्दा किनारा नलागुन्जेल कंसाकारलाई पुनः कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो । आफू कार्यकारी अध्यक्ष भएपछि फेरि जहाज खरिद प्रक्रिया अगाडि बढाए पनि एक वर्ष लाग्ने जानकारी कंसाकारले दिए । ‘त्यतिबेला हामीलाई तुरुन्तै जहाज उपलब्ध गराउँछौं भनेर जहाज कम्पनीहरुले भनेका थिए । तर अदालतको आदेशबाट म हटेपछि आएको व्यवस्थापनले जहाज खरिद प्रक्रिया स्थगित गरेछ । अहिले फेरि सुरु गर्दा एक वर्ष नभई दिन सकिँदैन भन्ने जवाफ कम्पनीहरूले दिए’ कंसाकारले अभियानसँग भने । निगमले केही वर्षको अन्तरालमा २ वटा जेट र २ वटा ट्विनअटर थप्ने निर्णय गरेको छ । त्यसका लागि अध्यक्ष कंसाकारको नेतृत्वमा हालै जहाज खरिदसम्बन्धी उच्चस्तरीय समिति गठन गरिएको छ भने त्यस अगाडि नै नायब महाप्रबन्धक गणेश ठाकुरको नेतृत्व जहाजमा खरिद मूल्यांकन समिति गठन गरिएको छ । अहिले यो प्रकरणलाई संसद्को लेखासमितिले पनि छानबिन गरिरहेको छ तर उसकोे छानबिन र चासो तोकिएको समयमा जहाज नआउनमा को दोषी थियो र तिनलाई के कारबाही गर्ने भन्नेतर्फ नभएर नयाँ टेन्डर प्रक्रियातर्फ मोडिएको छ ।

वर्ष ५, अंक ५ २०६६, भदौ २९ –असोज ४

प्रतिक्रिया [1]
User Image

बिसनु गिरि

[Sep 30, 2019 11:55pm]

Himalaya air line chaleko 2basa 2ota plen thapo ramro kura ho tara nepal air plen sadhai gata plen park garepachi kaha bata hunxa faida ani sadhai kamisan khor chor matrai nepali sarkar ucha odhah ma xan ani kahilai uvo lagnai hamro desh gun jogi aaye pani kanai chireka .


प्रतिक्रिया दिनुहोस्