arthik abhiyan
ad banner

रावा बैंक बौद्ध शाखाको शुभकामना

Oct 1, 2019 
सम्पादकीय
NA


काठमाडौं (अस) । राष्ट्रिय वाणिज्य (रावा) बैंकको बौद्ध शाखाले बडादशैं, दीपावली, नेपाल सम्वत् एवम् छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

शाखा कार्यालय बौद्ध परिसरमा सोमवार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चाडपर्वको शुभकामना दिँदै बैंकको बेसरेट सबैभन्दा कम भएकोले बैंकले सस्तो दरमा कर्जा उपलब्ध गराइरहेको जानकारी दिए । 

काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य कृष्ण राईको प्रमुख आतिथ्य तथा बैंकका ३ नम्बर प्रदेश कार्यालयकी प्रमुख सोनी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का प्रदेशसभा सदस्य छिरिङ लामा, बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशी, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागार्इं लगायत उपस्थित थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य राईले राजनीतिक परिवर्तनले मात्र जनताको जीवनस्तर परिवर्तन नहुने भन्दै उत्पादन तथा श्रमसँग नागरिकलाई जोड्नुपर्नेमा जोड दिए । नागरिकलाई उत्पादनसँग जोड्न बैंकहरूले सरल रूपमा कर्जा उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्