arthik abhiyan
ad banner

सातवटा एक्सचेन्ज त मै खोल्न सक्छु

Oct 2, 2019 
१० वर्ष अघि
NA


निर्मल प्रधानको गतिविधि हेरेर कसैले सेयर किन्छ भने ऊ समस्यामा पर्न सक्छ । किनकि निर्मल प्रधान पनि लगानीकर्ता मात्रै हो । उसले किन्दैमा मूल्य बढ्ने र बेच्दैमा मूल्य घट्छ भनेर कसैले ठान्छ भने त्यस्तो मान्छे त समस्यामा पर्छ नै । मैले एउटा अनुमान गरेर किन्छु र त्यो अुनमान धेरैपटक फेल खान्छ । त्यो बेलामा मैले पनि घाटा खान्छु । मैले नेसनल हाइड्रो ९५ रुपैयाँमा खरिद  गरेँ । त्यसमा मेरो हिसाब के छ भने घट्यो भने ५–१० रुपैयाँ घट्छ तर बढ्यो भने निकै बढ्छ । यदि ५–१० रुपैयाँ घट्यो र लामो समयसम्म नाफा भएन भने पनि मलाई ठूलो फरक पर्दैन किनकि त्यो घाटालाई पूर्ति गर्ने अरू कम्पनीका सेयर मसँग छन् । त्यसमा मात्र होइन, सबै कम्पनीहरूमा मेरो ‘कस्ट अफ फन्ड’ निकै कम छ । जस्तो कि गत मंगलबार मात्रै मैले ६ हजार १ सयमा स्टान्डर्ड चार्टर्डको सेयर १ हजार कित्ता किनें तर अहिले त्यो घटेर ५ हजार भएको छ । त्यसबाट मलाई निकै ठूलो घाटा भएको छ र त्यसमा मेरो अनुमान गलत साबित भएको छ  । तर पनि औसतमा मलाई खासै ठूलो घाटा छैन । जोसँग त्यस्तो घाटा पूर्ति गर्ने माध्यम हुँदैन उनीहरू निर्मल प्रधानले यसो ग¥यो उसो ग¥यो भन्ने हल्लाको भरमा लगानी गर्छन् त्यो बेलामा उनीहरू समस्यामा पर्न सक्छन् । सेयर लगानीकर्तालाई मेरो अनुरोध छ, तपाईंहरू निर्मल प्रधानको नाम बिर्सिएर आफ्नो ढंगले लगानी गर्नुहोस् । 

मलाई सेयर दलाल बन्नु छैन र कसैलाई बनाउनु पनि छैन । म त आफैं स्टक एक्सचेन्ज खोलेर सेयर दलालहरूलाई आफ्नो कम्पनीमा चलखेल गर्न दिने मान्छे हुँ, म दलाल बन्ने र बनाउने खेलमा लाग्ने मान्छे होइन । 

(सेयर लगानीकर्ता निर्मल प्रधानसँगको अन्तर्वार्ताबाट)
वर्ष ५, अंक ५ २०६६, भदौ २९ –असोज ४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्