arthik abhiyan
ad banner

सप्तरीका पाँच गापाबाट बजेट पारित नै नगरी खर्च

Oct 2, 2019 
विकास
NA


सप्तरी (अस) । सप्तरीका पाँचओटा स्थानीय तहले सभाबाट पारित नगरी बजेट खर्च गरिरहेको पाइएको छ । जिल्लाका छिन्नमस्ता, तिरहुत, बलान बिहुल, महादेव र राजगढ गाउँपालिकाले सभा नै गरेका छैनन् । बजेट पारित नगरी खर्च गर्ने स्थानीय तहको बजेट कटौती गर्ने कानूनी व्यवस्था भए पनि जिल्लाका उक्त स्थानीय तहले बजेट पारित नै नगरी खर्च गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले हरेक आर्थिक वर्षका लागि असार १० गतेभित्र आ–आप्mनो सभामा बजेट पेश गर्नुपर्ने र असार मसान्तभित्र बजेट पास गरिसक्नुपर्ने भनेको छ । यस्तै महालेखा परीक्षकको कार्यालयले सभाबाट बजेट पारित नै नगरी खर्च गर्नु बेरुजू हुने बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्