arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्थमन्त्री भारत प्रस्थान

Oct 3, 2019  
विविध
NA

काठमाडौं (अस) । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन बुधवार नयाँ दिल्ली गएका छन् । असोज १६ र १७ गते हुने कार्यक्रमका लागि भारत पुगेका खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा सम्बोधन गर्नेछन् । 

साथै, उनले नेपालको विकास एजेन्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा समेत सहभागीहरूलाई जानकारी गराउने कार्यक्रम रहेको खतिवडाको निजी सचिवालयले जानकारी गराएको छ । भारतमा रहँदा अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेन्डसँग द्विपक्षीय भेटघाट गर्नेछन् । भ्रमणका अवसरमा अर्थमन्त्री डा. खतिवडा र भारतीय समकक्षी अर्थमन्त्री निर्मला सिथारमणबीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । 

उनीहरूबीच पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुनेछ । अर्थमन्त्री डा. खतिवडा असोज १८ गते स्वदेश फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्