arthik abhiyan
ad banner

पर्यटन प्रवर्द्धनका लागि स्ट्रीट फूड फेस्टिभल

Oct 3, 2019 
बजार
Image Not Found

दोलखा (अस) । दोलखाको पर्यटकीय नगर जिरीको पर्यटन प्रवर्द्धनका लागि स्ट्रीट फूड फेस्टिभलको आयोजना गरिने भएको छ । युवा सञ्जाल जिरीको आयोजनामा कात्तिक १ गतेदेखि ३ गतेसम्म ‘स्ट्रीट फूड फेस्टिभल २०१९’ को आयोजना गर्न लागिएको हो । 

नेपालको स्वीट्जरल्यान्ड उपनामबाट पनि चिनिने जिरीको पर्यटन प्रवद्र्धन गर्न जिरीको लिंकन बजारमा फेस्टिभलको आयोजना गर्न लागिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले बताए । नेपाल भ्रमण वर्ष २०२० मा आउने विदेशी पर्यटकलाई जिरी भ्रमण गराउन समेत फेस्टिभल महŒवपूर्ण हुने खड्काको भनाइ छ ।

फेस्टिभलमा जिरेल, शेर्पा, तामाङ, नेवार सुनुवार आदि जातिसँग सम्बन्धित शिल्मा, रिल्दुक, ढिँडो, ट्राउट माछाका परिकार लगायत जिरीका अन्य मौलिक खानाका परिकारका स्टल तथा  जिरीमै उत्पादन हुने छुर्पी, चिया, किवी आलु लगायत वस्तुका स्टल राखिने आयोजकले बताएको छ । फेस्टिभलमा विभिन्न जाति जनजातिहरूका मौलिक झाँकी प्रदर्शन गरिनेछ । यसैगरी आन्तरिक तथा बाह्य पर्यटकका लागि जिरी आसपासका पर्यटकीय गन्तव्य अवलोकनका लागि जीप सफारी तथा साइक्लिङको पनि व्यवस्था मिलाइएको युवा सञ्जाल जिरीले बताएको छ । फेस्टिभल अवधिभर हरेक दिन कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ ।

फेस्टिभलमार्फत ५ हजारभन्दा बढी पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ ।  फेस्टिभल आयोजनाका लागि जिरी नगरपालिका, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, नेपाल पर्यटन बोर्ड लगायतले सहयोग गरेको आयोजकले बताएको छ । 

जिरी नगरपालिकाले समेत पर्यटन प्रवर्द्धनका लागि वडा–वडामा पार्क बनाउने, नगरलाई स्वच्छ राख्ने तथा पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको छ । फूड फेस्टिभलजस्ता कार्यक्रमले ओरालो लागेको जिरीको पर्यटन व्यवसायमा सुधार आउने जिरीका व्यवसायीको आशा छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्