arthik abhiyan
ad banner

दैलेखमा पशु विज्ञान अध्यापन हुँदै

Oct 3, 2019 
शिक्षा
Image Not Found

दैलेख (अस) । दैलेखमै पहिलो पटक पशु विज्ञान विषय अध्यापन हुने भएको छ । भैरवी गाउँपालिका–६ स्थित आदर्श माध्यमिक विद्यालयले डिप्लोमा तहमा तीनवर्षे पशु विज्ञान अध्यापनका लागि सम्बन्धन पाएको हो । यसै शैक्षिक सत्रदेखि उक्त विषय अध्यापन शुरू हुने कृषि बाली विज्ञान इन्चार्ज धीरेन्द्र बहादुर चन्दले बताए ।

प्राविधिक तथा व्यावसायकि शिक्षा परिषद् (सीटीईभीटी)को बुधवार प्रकाशित सूचना अनुसार उक्त विषय अध्यापनका लागि अनुमति पाएको विद्यालयले बताएको छ । विद्यालयले यसअघि गत शैक्षिक सत्रदेखि डिप्लोमा तहको कृषि बाली विज्ञानको अध्यापन गराउँदै आएको छ । अघिल्लो शैक्षिक वर्षदेखि गाउँपालिकाभित्र र अन्य ठाउँका ३० जना विद्यार्थीले प्राविधिक शिक्षा लिइरहेको जानकारी विद्यालयका प्रधानाध्यापक खगेन्द्र शाहले दिए । विद्यालयमा शिक्षाशास्त्र र मानविकी संकायको पढाइ हुँदै आएकोमा निकट भविष्यमा विज्ञान र व्यवस्थापन संकाय पनि सञ्चालन गर्ने लक्ष्य रहेको विद्यालयले बताएको छ । दुर्गम गाउँमा पनि न्यून शुल्कमा विभिन्न प्राविधिक कोर्सहरू सञ्चालन हुँदा युवालाई स्वरोजगारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्