arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

परीक्षाका लागि समय व्यवस्थापन

Oct 3, 2019  
शिक्षा
Image Not Found

कुुनै पनि कामका लागि समयको उचित व्यवस्थापन अति आवश्यक हुन्छ । झन् परीक्षाको तयारीका लागि त यसको बढी नै महŒव हुने गर्छ । त्यसका लागि कुन समयमा के पढ्ने, के गर्ने, कुन विषयलाई कति समय दिने भन्नेबारे उपयुक्त समयतालिका निर्माण गर्न सकिन्छ । समयतालिका निर्माण गरेर मात्र पुग्दैन । त्यसको पूर्णरूपले पालना गरेर अध्ययन गर्नुपर्छ । अध्ययन गर्दा सकेसम्म पढेका विषयवस्तुको नोट तयार गर्ने र दोहो¥याइरहने बानीले पढेका कुरा सजिलै याद हुन्छ । कुनै पनि विषय जति गाह्रो लाग्छ, त्यति नै त्यसलाई ध्यान र समय दिएर अध्ययन गर्नुपर्छ । त्यस्ता विषय वा पाठ दिनमा कम्तीमा पनि एकपटक पुनरवलोकन गनु राम्रो हुन्छ । 

संयुक्त अध्ययन
मेहनती र अध्ययनशील साथीहरूसँग मिलेर अध्ययन गर्दा धेरै फाइदा हुन्छ । यसरी पढ्नाले कठिन लाग्ने विषय वा पाठ पनि सजिलै बुभ्mन सकिन्छ । साथै उनीहरूबाट धेरै कुरा सिक्न सकिन्छ । आपूmले बिर्सेका कुरा सम्झन पनि यस्तो अध्ययन प्रभावकारी हुन्छ । संयुक्त अध्ययनमा छलफलको माध्यमबाट सिकिएका विषयवस्तुको पछिसम्म याद रहन्छ ।  

पढेका कुरा लेख्ने 
विद्यार्थीको सिकाइ स्तर र दिमागले ग्रहण गर्न सक्ने क्षमता फरक हुने गर्छ । कसैले कक्षामा शिक्षकले पढाउँदा नै बुभ्mन सक्छन् र बिर्संदैनन्, कसैलाई धेरैपटक दोहो¥याउनुपर्ने हुन्छ । त्यस्तै कसैलाई दुई–तीनपटक पढ्नुपर्ने र जानेको कुरा पनि छिट्टै बिर्सने समस्या हुन्छ । यसो भएमा लामालामा परिभाषालार्ई सूत्रबद्ध गरेर याद गर्ने र नहेरेर लेख्ने बानी बसाउनुपर्छ । यसकारण परीक्षामा लेख्दा सजिलै सम्झिन सकिन्छ । 

नोट बनाउने
आपूmले पढेका सबै विषयको नोट कक्षाकोठामै बनाउँदा हुन्छ । तर कक्षाको पढाइबाहेक परीक्षाको पूर्वतयारीमा आप्mले अध्ययन गरेका विषयको पनि संक्षिप्त नोट बनाउनुपर्छ । परीक्षा केन्द्रित अध्ययनमा यसले निकै सहयोग पु¥याउँछ । जुन विषय पढ्न शुरू गरिन्छ, त्यसका बुँदाहरू टिपोट गर्ने र त्यसका लागि बोक्न सजिलो हुने सानो कापी वा डायरी प्रयोग गर्नुपर्छ, ता कि जतिबेला पनि पढ्न सकियोस् । यसबाट हिँड्दै वा काम गर्दै पनि पढ्न सकिन्छ । परीक्षाका लागि समय कम हुने विद्यार्थीका लागि यस्तो विधि निकै लाभदायी हुन्छ । यसले गर्दा आपूmलाई पढ्न पाइएन भन्ने तनाव कम हुन्छ भने समयको पनि सदुपयोग गर्न सकिन्छ । 

शिक्षकसँग छलफल गर्ने
शिक्षकसँग छलफल गरेर पढ्नुअघि आपूmलाई दुविधा रहेको वा नबुझेको विषयमा प्रस्ट हुनु आवश्यक हुन्छ । आपूmले नबुझेका वा प्रस्ट नभएका प्रश्नहरू कापीमा टिपेर राख्नुपर्छ । यसो गर्नाले सम्बन्धित विषय शिक्षक वा अग्रजहरूसँग सोध्न सजिलो हुन्छ । नबुझेका कुरा सोध्न संकोच मान्नुहुँदैन । यस्तो बानीले सधैं पछि परिन्छ ।

पुराना प्रश्नपत्रको अभ्यास
परीक्षाको तयारी गर्दा पुराना प्रश्नपत्रको अभ्यास गर्नु पनि आवश्यक हुन्छ । कति समयमा कति प्रश्नको उत्तर लेख्न सकिन्छ भनेर पनि प्रयास गर्नुपर्छ । यसले परीक्षाको समयमा कुन प्रश्नलाई कति समय दिने भन्ने थाहा हुन्छ । यसरी गरेको तयारीको कापी परीक्षणका लागि विषय शिक्षक वा अग्रज विज्ञहरूलाई दिन सकिन्छ । त्यस्तो गर्दा के सुधार गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ । कमजोरी रहेमा सुधार गर्दै जानुपर्छ । यसो भएमा परीक्षाका प्रश्नहरूको संरचनामा अभ्यस्त भइने हुनाले परीक्षाको रहँदैन । ढुक्कसँग परीक्षा दिन सकिन्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्