arthik abhiyan
ad banner

सडक र कृषिक्षेत्रको विकासमा प्राथमिकता दिएका छौं

Oct 3, 2019 
अन्तरवार्ता
Image Not Found
वीरबल राई प्रमुख, षडानन्द नगरपालिका

स्थानीय तहको निर्वाचनपछि भोजपुरको षडानन्द नगरपालिकामा विकास गतिविधि बढेका छन् । नगरको पूर्वाधार विकासमा योजनाबद्ध ढंगले अघि बढेको नगर प्रमुख वीरबल राई बताउँछन् । नगरले शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ । प्रस्तुत छ, नगरका विकास गतिविधि, समस्या, चुनौती र आगामी योजनाबारे आर्थिक अभियानका भोजपुर संवाददाता गणेश विष्टले नगर प्रमुख राईसँग गरेको कुराकानीको सार :


तपाईं नगर प्रमुख भएर आएपछि भएका विकासका काम के के हुन् ?
जिल्लाका ९ ओटा स्थानीय तहमध्ये यो नगरपालिकालाई नमूना स्थानीय तह बनाउने उद्देश्यले काम गरेका छौं । सडक निर्माण भए पनि नगरपालिकालाई अन्य जिल्लासँग जोड्न पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । त्यसको समाधानका लागि सतीघाटमा फेरी निर्माण शुरू गरिएको छ । सबै वडालाई नगरपालिकासँग जोड्न कृषि सडकको कामलाई विशेष प्राथमिकतामा राखिएको छ ।

नरपालिकामा सेवाग्राहीलाई सहज रूपमा सेवा दिने इन्टरनेटको व्यवस्था मिलाएका छौं । पर्यटन क्षत्रको विकासका लागि मैयुङडाँडाँको साउने, सतीघाटमा सती ग्रीन पार्क, योगमाया समाधिस्थल, सती प्रथाको अन्त्य गरेको ठाउँ मजुवा बेँशी लगायत ठाउँको डीपीआर तयार गर्न बजेटको व्यवस्था गरिएको छ । त्यस्तै जिल्लामै पहिलो पटक उच्च शिक्षा निःशुल्क गरिएको छ । बालगुरु षडानन्दले १९३२ सालमा स्थापित नेपालको पहिलो संस्कृत पाठशालाको संरक्षणका लागि काम गरेका छौं ।

नगरपालिकामा गत आवमा पूर्वाधार विकासमा के कस्ता काम गर्नुभयो ?
गत आर्थिक वर्षमा सडक, विद्युत् र कृषिक्षेत्रको विकासमा विशेष प्राथमिकता दिएका थियौं । त्यसमा नगरपालिका तथा प्रदेश सरकारको बजेटबाट भोजपुर सदरमुकामसँग जोड्ने बाटोको केही केही अप्ठ्यारो ठाउँमा स्तरोन्नति भएको छ । नगरपालिकाभर ‘एक घर, एक धारो’ पु¥याउने अभियान अन्तर्गत पानीका मुहानहरूको सर्वेक्षण गरिएको छ । वडा नं १ देखि वडा नं १४ सम्मलाई नगरपालिकासँग जोड्ने सडक निर्माण थालेका छौं ।

सतीघाट–दिङ्ला जोड्ने सडक स्तरोन्नतिको अवस्था कस्तो छ ?
यो सडक खण्डको काम अगाडि बढेको छ । यसको टेन्डर समेत गरिसकेका छौं । रू. ४३ करोडमा सडक पक्की गर्ने योजना सञ्चालन भएको छ । नगरपालिकालाई अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो पर्ने भएकाले यो सडक प्राथमिकतामा छ ।

शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धनका लागि नगरले कसरी काम गर्दै छ ? 
यो नेपालकै पहिलो संस्कृत पाठशाला खुलेको नगरपालिका हो । नगरपालिकामा शिक्षाको छुट्टै इतिहास छ । हामीले उच्च शिक्षा निःशुल्क पढाइ हुने व्यवस्था गरेका छौं । केही विद्यालयको मावि तहमा प्राविधिक शिक्षाको शुरुआत गरिएको छ । ग्रामीण क्षेत्रमा डाक्टर नआउने, आए पनि लामो समय नबस्दा सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा डाक्टरको अभाव छ । यो समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गरिएको छ । रोजगारीको क्षेत्रमा महŒवपूर्ण काम गरेका छौं । नगरपालिकाका १४ ओटै वडाबाट ५० जनाको दरले दक्ष जनशक्ति उत्पादन गरी ७ सय जनालाई रोजगारी दिने योजना ल्याएका छौं । हेभी इक्वीपमेन्ट प्रयोग गर्नैपर्ने अवस्थामा बाहेक सबै विकास निर्माणमा स्थानीय जनशक्ति प्रयोग गर्ने नीति लिएका छौं ।

विकास बजेट कार्यान्वयनका समस्या र चुनौती के के छन् ?
विकास बजेटमा थुप्रै चुनौतीहरू छन् । बजेट निर्माणदेखि नै विवाद हुने गर्दछ । त्यही विवादका कारण तोकिएको समयमा बजेट ल्याउन केही समस्या भयो । तर पनि बजेट फ्रिज नहोस् भनेर पटक पटक छलफल गर्दै त्यसको व्यवस्थापन गरेका छौं ।

नगर क्षेत्रको बजार विकास तथा व्यवस्थापनका लागि कसरी काम अगाडि बढेका छन् ?
नगरलाई व्यवस्थित बनाउन तथा दिगो शहरी विकासका लागि नयाँ बन्ने घरहरूमा नगरपालिकाको मापदण्ड अवलम्बन गर्नुपर्ने व्यवस्था गरिएको छ । नगरपालिका तथा सम्पूर्ण वडामा रहेका साना साना बजारमा सडक बत्ती राखिएका छन् । सफा शहर निर्माणका लागि बजारबाट निस्कने फोहोर तथा ढलको व्यवस्थापन गरिएको छ ।

देशभरकै स्थानीय तहले समयमा विकास निर्माण पूरा गर्दैन । यो नगरपालिकाले कसरी काम गर्दै छ ?
विगतका वर्षमा कर्मचारी अभावले समयमा काम सक्न समस्या भएको हो । यस वर्ष फागुन मसान्तसम्म सम्पूर्ण विकास निर्माणका काम सक्ने उद्देश्यले भदौदेखि नै योजना सम्झौताको काम थालिएको छ । केही ठूला योजनाहरूमा ठेकेदारको लापरबाहीका कारण समयमै योजना सम्पन्न हुन सकेन । त्यसप्रति हामी सचेत छौं । अब भने समयमा काम नसक्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउँछौं ।

जनप्रतिनिधिबीचको द्वन्द्वका कारण नगपालिकाको विकासमा समस्या छ भन्ने स्थानीयको गुनासो छ नि ?
यो कुरा सही हो । हामी जनप्रतिनिधिले आप्mनो हैसियत बुभ्mनुपर्छ । यसलाई नबुभ्mदा कहिलेकाहीँ समस्या हुने गरेको छ, जस कारण कर्मचारीमा समेत नैराश्य आउने हँुदा काममा प्रत्यक्ष असर परेको छ ।

विद्युत् विस्तारको काममा अनियमितता भयो भन्ने गुनासोबारे के भन्नुहुन्छ ?
विद्युत् विस्तारको काम नसकीन बजेट निकासा गर्दा समस्या भएको हो । त्यसको मुद्दा अहिले अख्तियारमा परेको छ । यसबाट हामी सचेत भएका छौं । आगामी योजनाको अनुगमन गरेर मात्र भुक्तानीको व्यवस्था गर्न कर्मचारीलाई निर्देशन दिएको छु ।

नगरपालिकाका मुख्य प्राथमिकताका योजना के के छन् ?
हामीले योगमाया कोशी कोरिडोरलाई मुख्य प्राथमिकतामा राखेका छौं । उदयपुरको रानीटारबाट षडानन्द नगरपालिका हँुदै संखुवासभाको भ्याक्सिलासम्म यो कोरिडोर सञ्चालन हुनेछ । यसका लागि प्रदेश सरकारबाट १ करोड र नगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्ट्याएको छ । यो कोरिडोर सञ्चालनमा आएपछि नगरपालिका तराईका जिल्लाहरूसँग जोडिने सबैभन्दा छोटो मार्ग हुनेछ, जसका लागि अन्य स्थानीय तहसँग सहकार्यका लागि प्रस्ताव गरेका छौं । यस्तै सदरमुकामसम्म जोड्न उत्तर–दक्षिण सडक निर्माणमा जोड दिएका छौं । यहाँको हावापानी तथा वातावरणको आधारमा पशुपालन, जडीबुटी खेती, अलैंची, फलपूmल तथा माछापालन व्यवसायलाई पनि प्राथामिकतामा राखिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्