arthik abhiyan
ad banner

अमेरिकी इन्धन आयात / निर्यातमा कमी

Oct 3, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

असोज १६, ह्युस्टन । अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै गत साता घटेको अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) ले बताएको छ ।

अमेरिकामा गत साता प्रति दिन कच्चा तेल औसतमा ६२ लाख ९० हजार ब्यारेल रहेको थियो । अघिल्लो साताको तुलनामा यो प्रति दिन ८७ हजार ब्यारेलले कमी हो ।

यसैगरी गत साता कच्चा तेलको निर्यातमा पनि औसतमा प्रतिदिन १ लाख १६ हजारले कमी आएको छ । गत साता औसतमा कच्चा तेलको निर्यात प्रतिदिन २८ लाख ७० हजार ब्यारेल रहेको थियो ।     

विगत चार हप्तामा कच्चा तेलको आयात औसतमा करीब ६६ लाख १० हजार ब्यारेल प्रति दिन रहेको छ, र यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै १२ लाख ४० हजार ब्यारेलले कमी हो । रासस/  सिन्ह्वा
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्