ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दशैंमा घर फर्किने हतारो (फोटो फिचर) 

Oct 3, 2019  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

असोज १६, काठमाडौं । नेपालीहरुको घरआँगनमा बडादशैं आइसकेको छ । कामको खोजीमा  विदेशीएका धमाधम घर फर्किन थालेका  छन् ।

उनीहरु  मात्र होइन  कामका खातिर काठमाडौंमा बसेका  धेरैजसो घर जान आतुर छन् । 

हुन त विभिन्न कारणले विभिन्न स्थानमा  रहेका  परिवारका सदस्यहरु एकैपटक घरमा भेला हुने पर्व पनि हो, बडादशैं ।

घरका सदस्यहरु  एकठाउँमा भेला हुने,मान्यजनबाट टीका थाप्ने अनि आर्शिवाद लिने, मिठोमसिनो खाने साँस्कृतिक पर्व बडादशैंले सांस्कृतिक मात्र नभइ सामाजिक  एकता पनि  बढाएको छ । बडादशैं नजिकिने क्रमसँगै कोहि कसरी घर जाने होला भनेर पिरोलिएका छन् भने कोहि घर जाने दिन गनेर बसेका  छन् ।

अहिले झोला, सामान बालबच्चा बोकेर  कोही वसपार्कमा उभिएका  छन् त कोहि बस कतिखेर आउला भनेर बसेका  छन् । कोहि यात्रु मस्त निन्द्रामा बसपार्कमा निदाएका  छन् । कोहिचाँही टिकट पो नपाइने हो कि भन्ने चिन्ताले पिरोलिएका छन् । 

यातायात व्यावसायीले अग्रिम बुकिङ बन्द भइसकेको बताइरहँदा कतिपय जे त पर्ला भनेर  बस पार्कको टिकट काउन्टरमा  लाइनमा उभिएका छन् । तर गाडीको टिकट पाइने पत्तो भने छैन !

बिहीवार पश्चिम नेपाल प्रस्थान विन्दु कलंकी र पूर्वी नेपालका लागि छुट्ने कोटेश्वर सडकखण्डमा भेटिएका यात्रुहरुमा पनि यस्तै चिन्ता देखिन्थ्यो ।

बसपार्कमा यात्रुको अवस्था बुझ्न पुगेका आर्थिक अभियानका फोटो पत्रकार प्रकाश के सीले यात्रुको मनोभाव तस्वीरमा उतार्ने जमर्को गरेका  छन् ।

हेरौं तस्वीरहरु :

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्