ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद शुक्रवारदेखि विक्रीमा

Oct 3, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १६, काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले शुक्रवार (असोज १७ गते) देखि ६० प्रतिशत हकप्रद जारी गर्न लागेको छ । कम्पनीले असोज ५ गतेसम्मका शेयरधनीहरुका लागि उक्त हकप्रद जारी गर्न लागेको हो । हकप्रद प्रयोजनका लागि असोज ६ गते बुक क्लोज भएकाले असोज ५ गतेसम्म कायम सदस्यहरुले मात्र आवेदन दिन सक्नेछन । कम्पनीले १० बराबर ६ को अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ ।

कात्तिक २१ गतेसम्म विक्रीमा रहने यो हकप्रद विक्री प्रबन्धकको जिम्वेवारी सनराइज क्यापिटल लिमिटेडलाई दिइएको छ । हाल रू. ४६ करोड ७ लाख ८२ हजार चुक्तापूँजी रहेको यस कम्पनीको ६० प्रतिशत हकप्रदपछि रू. ७३ करोड ७२ लाख ५१ हजार पुग्नेछ । हकप्रद पश्चात संस्थापकतर्फ ६० र सर्वसाधारण तर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

यस हकप्रदलाई इक्रा नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । गत आवमा कम्पनीले रू. १५ करोड ५८ लाख ६५ हजार नाफा गरेको छ । उक्त वर्ष कम्पनीले रू. १५ करोड ७३ लाख ३ हजार नाफा गर्ने प्रक्षेपण गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्