arthik abhiyan
ad banner

सामाजिक सद्भावको चाड

Oct 4, 2019 
सम्पादकीय
NA


दशैं नेपालीहरूको आँगनमा छ । नेपालभित्रका सबै जनजाति कुनै न कुनै रूपमा दशैंसँग जोडिएका छन् । जो चाडपर्वमा रमाउँछन् तिनलाई आवश्यक सेवा उपलब्ध गराएर दशैं नमनाउनेले सहयोग गरिरहेका हुन्छन् । यसरी हेर्दा दशैं नेपालीहरूबीच सामाजिक सद्भाव बढाउने चाड हो ।
 
दशैंलाई मेलमिलापको पर्व मानिन्छ । कुनै तिक्तता भएर बिर्सिएर आपसी सद्भाव राखिन्छ, शुभकामना आदानप्रदान गरिन्छ । यही कुरो नेपालको राष्ट्रिय राजनीतिमा पनि लागू होओस् भन्ने कामना गरौं । चाहे सत्ता पक्ष होस् चाहे प्रतिपक्ष, राजनीतिक दलहरूबीच तिक्तता हुनु हुँदैन । हो, केही राजनीतिक मुद्दामा असहमति हुन्छ तर केही कुरामा सबै दलहरूबीच सहमति भने हुनुपर्छ । सरकारले प्रतिपक्षको र प्रतिपक्षले सरकारको विरोधै गर्नुपर्छ भन्ने सोचबाट माथि उठ्नु आवश्यक छ । यसो भयो भने विकासका मूल मुद्दामा राजनीतिक सहमति देखिनेछ । यसले देशमा लगानीको वातावरण बन्नेछ । तर, अहिले राजनीतिक दलहरू बीच सहकार्यको संस्कृति देखिएको छैन । संघीयता कार्यान्वयनको प्रारम्भिक चरण छ । यसमा सरकार र प्रतिपक्षी दलबीच धेरै कुरामा संवाद, सहमति र सहकार्य आवश्यक हुन्छ । संघीयताको नयाँ शासनपद्धति कार्यान्वयनमा देखिएका विभिन्न समस्याको समाधान निकाल्न पनि यस्तो सद्भाव आवश्यक छ । दशैले सबै राजनीतिक दलहरूलाई राष्ट्रिय मुद्दामा सहमतिका साथ अगाडि बढ्न सद्भाव देओस् ।

चाडपर्वले अर्थतन्त्रलाई चलायमान बनाउँछ । दशैंले नेपाली अर्थतन्त्रलाई निकै गति दिन्छ । देशको कुल व्यापारको ठूलो अंश दशैंमा हुने गरेको छ । त्यही भएर दशैंमा ग्राहक आकर्षित गर्न छूट र उपहारले बहार नै चलेको हुन्छ ।

संविधान निर्माणका क्रममा नेपालमा सामुदायिक सद्भावका कतै कतै असमझदारी देखिएको थियो । तर, अहिले त्यो सबै घटेर सामुदायिक सद्भाव बढेको छ । सद्भाव बढाउने माध्यम चाडपर्व नै हो । अन्य चाडपर्व मनाउने समुदायप्रति सद्भाव देखाउने, शुभकामना दिने गरेर सामाजिक एकता बढाउन सकिन्छ । मुस्लिम समुदायले दशैंमा शुभकामना दिने गरेका छन् भने हिन्दू समुदायले मुस्लिम समुदायको चाडपर्वमा शुभकामना दिने गरेका छन् । यस्तो सामुदायिक सद्भाव नेपालको विशिष्ट पहिचान हो । यसैमा हामी नेपालीहरू गर्व गर्छौं । यस्तो सामाजिक सद्भावले नै आर्थिक विकासका लागि विश्वासको वातावरण पनि तयार गर्छ । लगानीको वातावरण पनि बन्छ । त्यसैले समृद्धिका लागि यस्ता चाडपर्वहरूलाई आधार बनाउन सकिन्छ ।
 
चाडपर्वले अर्थतन्त्रलाई चलायमान बनाउ“छ । दशैंले नेपाली अर्थतन्त्रलाई निकै गति दिन्छ । देशको कुल व्यापारको ठूलो अंश दशैंमा हुने गरेको छ । त्यही भएर दशैंमा ग्राहक आकर्षित गर्न छूट र उपहारले बहार नै चलेको हुन्छ । दशैंमा वस्तु तथा सेवाका माग र आपूर्ति निकै बढी हुने गरेको छ । त्यसो त अन्य चाडपर्वमा पनि वस्तुको माग बढी नहुने होइन । दशैंमा नै दशैं खर्च आदि दिने चलन भएकाले अर्थतन्त्र बढी चलायमान हुने हो । यही बेला २० प्रतिशतभन्दा बढी विप्रेषण आप्रवाह हुने गरेको छ । उपभोग बढ्नु, बजारमा वस्तु तथा सेवाको आपूर्ति बढ्नु दशैंका सकारात्मक पक्ष हुन् । तर, स्वदेशी वस्तुको आपूर्ति ज्यादै कम हु“दा त्यसाबट नेपालको अर्थतन्त्रले पर्याप्त फाइदा लिन भने सकेको छैन । स्वदेशी वस्तुको आपूर्ति भएको भए कच्चा पदार्थ आपूर्तिकर्ता, उत्पादक, वितरक तथा उपभोक्ता सबैलाई फाइदा पुग्ने थियो ।

दशैको अर्को सकारात्मक पक्ष भनेको शहरको पैसा गाउँमा जान्छ । गाउँघरतिर आर्थिक क्रियाकलाप बढ्छ । ग्रामीण उत्पादनले पनि बजार पाउँछ । त्यसैले चाडपर्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ । दशैंमा मात्रै कुल राष्ट्रिय उपभोगको २० प्रतिशत उपभोग हुन्छ भन्ने अर्थशास्त्रीहरूको विश्लेषण पाइन्छ । यो भनेको दशैं र अर्थतन्त्रका बीचमा गहिरो सम्बन्ध छ भन्नु नै हो ।

दशैंको केही नकारात्मक पक्ष पनि छन् । खासगरी अर्काको देखासिकी गरेर महँगो र विलासिताका सामान किन्ने, जा“डरक्सीको सेवनजस्ता काममा अपव्यय हुने गरेको छ । यसबाट बचेर दशैंलाई सद्भावयुक्त बनाउन सबै लागून् । दशैंको शुभकामना !

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्