arthik abhiyan
ad banner

स्थानीय उत्पादन प्रवर्द्धन गर्न राप्ती महोत्सव 

Oct 4, 2019 
बजार
NA


चितवन  (अस) । स्थानीय उत्पादन एवम् सेवाको प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वी चितवनको राप्ती नगरपालिकामा राप्ती महोत्सव हुने भएको छ ।  ‘कृषि पर्यटन र व्यापार, राप्तीको विकासको मूल आधार’ भन्ने नाराका साथ राप्ती महोत्सव आयोजना गरिने भएको हो  । उद्योग वाणिज्य संघ राप्ती र राप्ती नगरपालिकाको आयोजनामा असोज २९ गतेदेखि कात्तिक ९ गतेसम्म महोत्सव हुन लागेको जानकारी दिइएको छ । 

महोत्सव मूल समारोह समितिका संयोजक तथा उद्योग वाणिज्य संघ राप्तीका अध्यक्ष राजकुमार कँडेलले चेपाङ र थारू समुदायको पहिचान झल्कने कला र सांस्कृतिक तथा परम्परागत प्रदर्शनी महोत्सवको मुख्य आकर्षण हुने बताए । उनले महोत्सवमा २५० ओटा स्टल रहने जानकारी दिए । महोत्सवको अवलोकन करीब १ लाख दर्शकले गर्ने अपेक्षा आयोजकको छ । त्यस्तै, महोत्सवमा करीब रू. ५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्