arthik abhiyan
ad banner

दशैं बिदामा एनआईसीको सेवा 

Oct 4, 2019 
बजार
NA


काठमाडौं (अस) । एनआईसी एशिया बैंकले दशैंको सार्वजनिक बिदाका दिनहरूमा समेत बैंकका विभिन्न शाखामार्फत सेवा प्रदान गर्ने जानकारी दिएको छ । बैंकले असोज १८ गते फूलपातीका दिन उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यकाबाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड(पोखरा), लेकसाइड(पोखरा) र हेटौंडास्थित शाखा कार्यालय खुला रहने जानकारी दिएको छ । त्यस्तै, असोज १९ गते सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली तथा उपत्यकाबाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड(पोखरा), कावासोती, वीरगञ्ज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, इटहरी, दमक र नारायणगढ शाखा खुला रहनेछन् । 

असोज २० गते बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा उपत्यकाबाहिर धनगढी हस्पिटल–लाइन, बुटवल, न्यूरोड (पोखरा), दुलेगांैडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिवास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालय खुला रहनेछन् । 

यस्तै, असोज २२ गते उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा उपत्यकाबाहिर न्यूरोड(पोखरा), बाग्लुङ, बुटवल र नारायणगढ शाखा खुला रहनछन् । खुला रहने शाखामध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरू बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुला रहने एनआईसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्