arthik abhiyan
ad banner

कोसेली महोत्सवमा १६ लाख कारोबार

Oct 4, 2019 
बजार
Image Not Found


विराटनगर (अस) । स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा आयोजित ५ दिने कोसेली महोत्सव बिहीवार सम्पन्न भएको छ । उद्योग संगठन, महिला उद्यम समिति तथा नेपाल युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा भएको महोत्सवमा १६ लाख रुपैयाँको कारोबार भएको महिला उद्यम समितिले जानकारी दिएको छ । 
झरीका कारण १ दिन ढिला शुरू भएको महोत्सवमा लक्ष्यअनुसार कारोबार नभएको आयोजकको भनाइ छ । रू. १३ लाख खर्च भएको महोत्सवमा ६ हजार अवलोकनकर्ता सहभागी भएको नेपाल युवा उद्यम मञ्च तथा महोत्सवका संयोजक मनोजविक्रम शाहले जानकारी दिए । 

महोत्सवको समापनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसैयतले उद्योग आर्थिक विकासको मेरुदण्ड भएकाले उद्यमशीलता बढाउन प्रदेश सरकार लागि पर्ने बताए । उनले महिला उद्यम समितिलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको पनि स्पष्ट पारे । यस्तै कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले युवा तथा महिला उद्यमीको उत्पादनलाई बजारीकरण गर्न गरिएको महोत्सवलाई सबैको साथ र सहयोग रहेकाले पानी परे पनि महोत्सव सफल भएको उल्लेख गरे । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्