arthik abhiyan
ad banner

ईयूका सामानमा कर बढाउन अमेरिकालाई बाटो खुला

Oct 4, 2019 
अन्तरराष्ट्रिय
Image Not Found


वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकालाई यूरोपेली संघ (ईयू)बाट आउने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामग्रीमा अतिरिक्त भन्सार महशुल लगाउन बाटो खुला भएको छ । अमेरिका र ईयूको बीचमा देखिएको सहुलियतको विवादमा विश्व व्यापार संगठन (डब्ल्यूटीओ)ले यस्तो फैसला सुनाएको हो । उनीहरूको बीचमा एकअर्काका विमान निर्माता बोइङ तथा एयरबसलाई दिइँदै आएको सहुलियतको विवाद छ ।

अमेरिकाले अहिले ईयूबाट आउने सामग्रीमा अतिरिक्त भन्सार महशुल लाग्ने निर्णय गरेको भए पनि अतिरिक्त कर कति बढाइने हो भन्नेबारे फैसला आउन बाँकी छ ।  अमेरिकाले सन् २००४ मा एयरबसलाई ईयूले अवैध रूपमा एयरबसलाई सस्तो ऋण दिएको भन्दै डब्ल्यूटीओमा मुद्दा दर्ता गराएको थियो । उक्त मुद्दामा डब्ल्यूटीओले अमेरिकाको पक्षमा फैसला सुनाएको थियो । अमेरिकाले ११ अर्ब डलरको यूरोपेली सामग्रीमा अतिरिक्त कर लगाउन पाउने माग गर्दै मुद्दा दायर गरेको थियो । तर डब्ल्यूटीओले त्यसलाई ७ अर्ब ५० करोड डलरमा झारिदिएको हो । यसबारे आधिकारिक फैसला भइसकेको छैन । तर यो फैसला परिवर्तन हुने सम्भावना निकै कम छ । अमेरिकी व्यापार अधिकारीले ईयूबाट आउने विमानमा १० प्रतिशत र कृषि तथा अन्य उत्पादनमा २५ प्रतिशतसम्म अतिरिक्त आयात कर लाग्न सक्ने बताएका छन् । अहिले अमेरिकाले सार्वजनिक गरेको सूचीमा धेरैजसो सामग्री फ्रान्स, जर्मनी, स्पेन र बेलायतबाट आयात हुने गरेका छन् । अमेरिकाले आपूmलाई कुनै पनि समयमा भन्सार महशुल बढाउने अधिकार रहेको बताएको छ । 

अहिले अमेरिका र ईयू डब्ल्यूटीओको बोइङलाई दिइएको सहयोगबारेको अर्को फैसलाको पर्खाइमा छन् । डब्ल्यूटीओले बोइङलाई अमेरिकाले दिएको सहयोगबारे ईयूलाई पनि आयात कर बढाउने अनुमति दिने अपेक्षा छ । उक्त फैसला आगामी वर्ष हुने अनुमान छ । यसैबीच यूरोपेली कमिशनले अमेरिकाले ईयूका सामग्रीमा भन्सार महशुल बढाए त्यसको जवाफी कर लगाउने चेतावनी दिएको छ । यूरोपेली कमिशनले अमेरिकाबाट आउने २० अर्ब डलरका सामग्रीमा अतिरिक्त भन्सार महशुल लाग्न सक्ने बताएको हो । तर उसले यस विषयमा अमेरिकासँग एउटा समझदारी बन्न सक्ने विश्वास व्यक्त गरेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्