ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘सुनको भाउ आगामी वर्ष २ हजार डलरसम्म पुग्छ’

Oct 4, 2019  
अन्तरराष्ट्रिय
Image Not Found


काठमाडौं (अस) । बहुमूल्य धातु सुनको भाउ आगामी वर्ष प्रतिऔंस २ हजार डलरसम्म पुग्न सक्ने बताइएको छ । इन्डिपेन्डेन्ट स्ट्राटेजीका अध्यक्ष तथा ग्लोबल रणनीतिज्ञ डेभिड रोचेले यस्तो प्रक्षेपण गरेका हुन् । यो वृद्धि अहिलेको तुलनामा करीब ३० प्रतिशत हो । अहिले सुनको भाउ प्रतिऔंस १ हजार ५०० डलर आसपास छ । ‘केन्द्रीय बैंकहरूले कागजी मुद्राहरूको अवमूल्यन गरिरहेका छन्, यो सुध्रिनेभन्दा पनि झन् खराब हुने क्रममा छ,’ उनले बिहीवार सीएनबीसीको ‘स्क्वाक बक्स’ कार्यक्रममा भने, ‘यस्तोमा मानिसले मुद्राको विकल्प खोज्नेछन् ।’

सुन सुरक्षित लगानी भएको र निक्षेपमा उल्टै पैसा तिर्ने अवस्थासँग तुलना गर्दा सुन किनेर राख्दा थप लागत नलाग्ने भएकाले यो मुद्राको राम्रो विकल्प भएको रोचेको भनाइ छ । यिनै कारण यो वर्षको अन्त्यमा सुनको भाउ प्रतिऔंस १ हजार ६ डलर पुग्ने र आगामी वर्ष भने यो २ हजार डलरसम्म पुग्ने उनको आँकलनन छ । गत महीना विश्वका प्रमुख केन्द्रीय बैंकहरूले आफ्नो नीति परिवर्तन गरेका थिए । सेप्टेम्बरमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बेन्चमार्क ब्याजदर घटाएर १ दशमलव ७५ प्रतिशतदेखि २ प्रतिशतबीच कायम गरेको थियो ।

यूरोपेली केन्द्रीय बैंकले पनि प्रमुख निक्षेप दर ऋणात्मक शून्य दशमलव ५ प्रतिशतको ऐतिहासिक न्यून बिन्दुमा झारेको थियो । साथै नयाँ ऋणपत्र खरीद कार्यक्रम सार्वजनिक गरेको थियो । जापानमा अल्पकालीन ब्याददर पहिलादेखि नै ऋणात्मक नै छ । अक्टोबरमा अर्को मौद्रिक खुकुलोपना सम्भावना रहेको जापानी केन्द्रीय बैंक अफ जापानले संकेत गरेको छ । मुद्रास्फीति लक्ष्य हासिल गर्न असफल भएपछि विश्वका केन्द्रीय बैंकहरू अर्को आर्थिक मन्दी आउने चिन्तामा छन् । यस्तो अवस्थामा भविष्यमा सुरक्षाका लागि पनि सुन किनेर राख्नुपर्ने रोचेको ठम्याइ छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्