ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज बैंकको बाह्रौं साधारण सभा कार्तिक १५ गते, बोनस र नगद लाभांशको प्रस्ताव 

Oct 4, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १७, काठमाडौं । सनराइज बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा कार्तिक १५ गते हुने भएको छ । बैंकले नक्साल बैंक्वेट, नक्साल काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ को वार्षक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान बाँडफाँट हिसाब गर्ने र नगद प्रवाह विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, बैंकको साहयक कम्पनी सनराइज क्यापिटलको एकीकृत वित्तिय विवरण छलफल गरी पारित गर्ने, बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न गाभिनको लागि सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने लगायतको विषयमा छलफल गर्न बैंकले सभा बोलाएको हो ।
  
साथै, बैंकले शेयरधनीहरुका लागि सञ्चालक समितिले प्रस्ताव गरे बमाोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले कार्तिक १ गते शेयरधनी दर्ता बन्द गर्ने भएको छ । असोज ३० गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन, मतदान गर्न र लाभांश लिन पाउनेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्