arthik abhiyan
ad banner

नुवाकोटमा नयाँ नोटको अभाव,२ करोड नोटले माग धान्न सकेन

Oct 4, 2019 
प्रदेश ०३
Image Not Found

असोज १७, बेत्रावती । मागअनुसार प्राप्त नहुँदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रू. दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो ।

बैंकको शाखा कार्यालय विदुरबाट सोमवारदेखि बुधवारसम्म नयाँ नोट वितरण गर्ने जनाए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी दिए । उनको अनुसार नुवाकोटका लागि नेपाल राष्ट्र बैंकसँग रू. तीन करोड माग गरे पनि त्यो अनुसार प्राप्त नहुँदा अभाव देखिएको हो ।

‘नयाँ नोटले माग धान्न नसकेपछि सटही गरिएको पुराना नोटका समेत अभाव भएको छ ।’ शाखा प्रमुख राजकर्णिकारले भने, ‘दशैँको समयमा नयाँ नोट नै प्रयोग गर्नुपर्छ भन्ने भावना हटाउन जागरुक हुनुपर्ने देखिएको छ ।’

नयाँ नोट सटहीको जिम्मेवारी पाएको नेपाल बैंकले सीमित रकम आएको भन्दै अन्य बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध नगराउँदा सेवाग्राही थप समस्यामा परेका छन् । दशैँको समयमा बैंकमा हुने चापले अन्य बैंकमा खाता भएका सेवाग्राही पैसा झिकेर सटहीका लागि नेपाल बैंक पुगे पनि त्यहाँ रकम नपाउँदा निरास भएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्