arthik abhiyan
ad banner

ह्वीलचियर वितरण गर्दै रिपब्लिक अफ सान मारिनोका पूर्वराष्ट्रप्रमुखले भने : म आफै अशक्त भएकाले अशक्तहरुको पीडा मैले बुझेको छु

Oct 5, 2019 
समाचार
NA

असोज १८, काठमाडौं । शारीरिकरुपमा अशक्त व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र, इन्फिनिटी ल्याब र बालाजु स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी कलेजको संयुक्त सहभागितामा निर्माण गरिएको ह्वीलचियर ३० जनालाई वितरण गरिएको हो । रिपब्लिक अफ सान मारिनो सरकारको रू. ६ लाख ५० हजार आर्थिक सहयोगमा निर्माण गरिएको उक्त ह्वीलचियर सान मारिनोका पूर्वराष्ट्रप्रमुख मिर्को तोमा सोनीले शुक्रवार वितरण गरेका हुन् । 

कार्यक्रममा पूर्वराष्ट्रप्रमुख सोनीले शारीरिकरुपमा अशक्त भएका व्यक्तिलाई सहयोग गर्न पाएकामा खुशी व्यक्त गरे । ‘म आफै अशक्त भएकाले अशक्तहरुको पीडा मैले बुझेको छु, त्यसैले मजस्ता अरु व्यक्तिको सहयोग गर्न पाउँदा मलाई आनन्द आउँछ,’ उनले भने । आगामी दिनमा पनि सहयोग गर्ने उनको भनाइ थियो । 

बालाजु स्कूल अफ इन्जिनीयरीङ एण्ड टेक्नोलोजी कलेजका प्राचार्य निर्मल न्यौपानेले बालाजु कलेजले विभिन्न संघ संस्थाको सहयोगमा सामाग्री उत्पादन गरी सहयोग गर्दै आइरहेको जानकारी दिए । स्वाबलम्बन जीवन पद्दती केन्द्रका अध्यक्ष गणेश केसीले केन्द्रले विसं २०६३ देखि ह्वीलचियर निर्माण गरि शारिरीक अपांगता भएका व्यक्तिलाई सहयोग गर्दै आइरहेको जानकारी दिए । केन्द्रले हालसम्म २०० भन्दा बढी व्यक्तिलाई ह्वीलचियर प्रदान गरिसकेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्