ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आज महाअष्टमी पर्व, शक्तिस्वरुपा महाकालीको विशेष पूजा आराधना गरी मनाइदै

Oct 6, 2019  
समाचार
NA
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । बडादशैंको आठौं दिन आइतवार शक्तिस्वरुपा महाकालीको विशेष पूजा आराधना गरी मनाइदैछ । यस दिन दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पूजा गरिने प्रचलन छ । हनुमानढोकास्थित दशैंघरमा मध्यरातमा शक्तिरुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँ हुनेछ । त्यसक्रममा तलेजु भवानीलाई ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने गरिन्छ ।

यस दिन महाकालीस्वरुपा भद्रकालीको विशेष पूजा गर्ने गरिएको छ । काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ । यस्तै, काभ्रेस्थित पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगञ्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुर राजदेवी, डडेल्धुरा उग्रतारालगायत पीठहरुमा पूजाआराधना हुन्छ । 

यस दिन किसानले फलामे औजारको पूजा गर्छन् भने सवारीधनीहरुले आफ्ना साधनलाई बलिसहित पूजा गर्ने परम्परा छ । पशुबली नचढाउनेहरुले पूजाकोठामा मूला, कुभिन्डो, घिरौंलालगायत तरकारीको बलि दिने गर्छन् । कतिपय स्थानमा दुर्गा भवानीलाई खीर र नरिवल चढाउने चलन पनि रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्