ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रोशनीले दिइन् महराविरुद्ध जबरजस्ती करणीको जाहेरी, थप अनुसन्धान अघि बढ्यो

Oct 6, 2019  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महराले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले किटानी जाहेरी दिएकी छिन् । शनिबार महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वर पुगेर शाहीले जाहेरी दिएपछि उजुरी दर्ता भएको प्रहरी स्रोतले बताएको छ । 

गत आइतवार राति भएको घटना बाहिर आएपछि महराले सभामुख पदबाट राजीनामा दिइसकेका छन् । प्रहरीका अनुसार प्राविधिक अनुसन्धानमा महरा आइतवार रोशनीको कोठामा गएको देखिएको छ । उजुरी दर्ता भएपछि प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको बताएको छ । शुरुमा पीडित भनिएकी महिलाले महरा आइतवार आफ्नो कोठामा नआएको बताएकी थिइन् । 

प्रहरीले अदालतबाट अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने बताएको छ । अदालतबाट अनुमति लिएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न बाटो खुल्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्