arthik abhiyan
ad banner

दशैंमा प्रहरीको निःशुल्क बस सेवा (कुन–कुन रुटमा गुड्छन् बस ?) 

Oct 6, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । दशैंमा सार्वजनिक सवारीसाधन थोरै संख्यामा चल्ने भएकाले यात्रुको सहजताका लागि नेपाल प्रहरीले आइतवारदेखि टिकाको दिनसम्म काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्दैछ । दुई ओटा रुट बनाएर बिहान ११ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म बस सञ्चालन गरिने प्रहरीले जानकारी गराएको छ । 

रुट नं. १ अन्तर्गत नक्सालबाट पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, नागस्थान, रत्नापार्क, दरबारमार्गहुँदै पुनः नक्सालसम्म तय भएको छ । 
यसैगरी रुट नं. २ अन्तर्गत नक्सालबाट मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटारहुँदै पुनः नक्सालमै पुग्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्