arthik abhiyan
ad banner

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, १० जना घाइते

Oct 6, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, सोलुखुम्बु । सोलुखुम्बुस्थित सोलुदुधकुण्ड नगरपालिका–११, तिङलामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । दुर्घटनामा बा १५ च ९६२० नम्बरको बोलेरो जीपका चालक नेचासल्यान गाउँपालिका–२ का २१ वर्षीय लेखबहादुर खड्काको मृत्यु भएको प्रहरीले बताएको छ । शनिवार राति करीब ११ बजे तिङला बरडाँडाको गुप्तेश्वर महादेव क्षेत्रमा काठमाडौंबाट नेचातर्फ जाँदै गरेको बा १ ज ५३४२ नम्बरको जीपमाथि सोलुखुम्बुको सल्लेरीबाट नेचा जाँदै गरेको बा १५ च ९६२० नम्बरको बोलेरो जीप खसेको हो । माथिल्लो मोडमा रहेको बोलेरो जीप अनियन्त्रित भई तल्लो मोडमा रहेको जीपमाथि खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिएका छन् । घाइतहरुको राति नै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्