arthik abhiyan
ad banner

मैत्रीपाला सिरिसेनाद्वारा श्रीलंकाको राष्ट्रपतिमा पुनः उम्मेदवारी नदिने घोषणा, दोस्रो कार्यकालका लागि राष्ट्रपति नबन्ने 

Oct 7, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

असोज २०, काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले दोस्रो कार्यकालका लागि राष्ट्रपति पदको निर्वाचनमा भाग नलिने भएका छन् । चुनावका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन आइतवार उनले निर्वाचनमा पुनः उम्मेदवार नहुने घोषणा गरेका हुन् । श्रीलंकामा आगामी नोभेम्बर १६ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

उम्मेदवार हुन दर्ता शुल्क समेत बुझाएका राष्ट्रपति सिरिसेनाले अन्तिम समयमा राष्ट्रपति पदका लागि उम्मेदवारी नदिएको निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का प्रवक्ताले पनि राष्ट्रपतिले पुनः उम्मेदवारी दिन अस्वीकार गरेको पुष्टी गरे । गत वर्ष प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पदच्यूत गरी पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि उनी विवादमा तानिएका थिए । तर श्रीलंकाली सर्वोच्च अदालतले सिरिसेनाको कार्यलाई अवैधानिक बताउँदै विक्रमासिंघेलाई नै पुनर्बहाली गर्न आदेश दिएको थियो । 

चुनावका लागि आइतवार भएको उम्मेदवारी दर्ताका क्रममा श्रीलंकाको राजनीतिमा निकै प्रभावशाली महिन्दा राजपाक्ष परिवारका दुई सदस्यले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतवार दिउँसोसम्मका लागि तोकिएको समयसीमाभित्र ४१ जनाले उम्मेदवारी दिएको बताएको छ । राजपाक्षका दुई जना दाजुभाइ गोटाभाया र चमलले उम्मेदवारी दिएका छन् । यस्तै विक्रमासिंघेको युनाइटेड नेसनल पार्टीका उपनेता सजिथ प्रेमदासाले पनि उम्मेदवारी दिएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्