ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आज बडादशैंको टिकाको दिन विजया दशमी पर्व, मान्यजनबाट टिका र आशिर्वाद ग्रहण गरी मनाइदै

टिकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा 

Oct 8, 2019  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं । बडादशैंको टिकाको दिन विजया दशमी पर्व मंगलवार मान्यजनबाट टिका र आशिर्वाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्वमा घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गा भवानीको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा थापेर मनाइन्छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको बताएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः३५ बजे उत्तम रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । विजयादशमी आफैंंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए । मंगलवार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनुपर्छ । टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले बताए । 

दशमीको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । त्रेता युगमा आश्विन शुक्ल दशमीका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यस दिन गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्