arthik abhiyan
ad banner

मान्यजनबाट टिका र आशिर्वाद ग्रहण गरी विजयादशमी मनाइयो

Oct 9, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी मनाइएको छ । मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा थापेर आशिर्वाद लिदै विजया दशमी हर्षोल्लासका साथ मनाईएको हो । दशैमा घरमा जम्मा भएका आफन्तबाट टीका लगाइसकेपछि टाढा रहेका आफन्तकोमा टीका लगाउन जाने समेत जाने गरिन्छ । दशमीको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्ने परम्परा छ ।

 

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले वडादशैको शुभसाइतमा टीका ग्रहण गर्नुभयो । राष्ट्रपति भवन शितल निवासमा मंगलवार बिहान १०ः ३५ को शुभसाइतमा हनुमान ढोका दरबारका मुल पुजारी देवराज अर्यालको हातबाट उहाँले टीका तथा जमरा ग्रहण गर्नुभएको हो । राष्ट्र प्रमुखले मुल पुजारीबाट दशैघरको टीका तथा जमरा ग्रहण गर्ने परम्परा छ । त्यसलगत्तै राष्ट्रपति भण्डारीलाई आमा मिथिला पाण्डेले टीका लगाइदिनुभएको थियो । राष्ट्रपतिलाई उहाँका परिवारका ज्येष्ठ सदस्यले पनि टीका लगाइदिनु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैंको टीका लगाइदिनुभयो । राष्ट्रपति भण्डारीले मंगलवार दिउँसो १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितलनिवास पुग्नुभएका ओलीलाई दशैंको टीका, जमरा र माला लगाइदिनुभएको हो । 

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गर्नुभयो । उपराष्ट्रपति भवनमा पुनले ८६ वर्षीय बुबाबाट दशैँको टीका लगाउनुभएको हो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाउनुभयो । 

यसैगरी बिगतका वर्षहरुमा जस्तै विजया दशमीको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टिका लगाइदिनुभएको छ । राष्ट्रपति भण्डारीले शीतल निवासमा, प्रधानमन्त्री ओलीले बालुवाटारमा र पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा सर्वसाधारणलाई टिका लगाइदिनुभएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्