arthik abhiyan
ad banner

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग वार्ताका एजेन्डाका विषयमा परामर्श लिदै

Oct 10, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा नेपालले उठाउने एजेन्डाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार पूर्वप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग छलफल गर्नुहुने भएको छ । शनिवार (असोज २५ गते) चिनियाँ राष्ट्रपति नेपाल आउने औपचारिक घोषणा भएसँगै प्रधानमन्त्री ओलीले परामर्श थाल्नुभएको हो । 

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल्वेसम्बन्धी सम्झौता हुने बताएका छन् । बुधवार आयोजित एक अन्तरक्रियामा उनले सम्झौताका लागि अहिले दुवै देशका उच्चस्तरीय अधिकारीबीच संवाद निरन्तर भइरहेको बताए । प्रधानमन्त्री ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको दुईपक्षीय औपचारिक भेटवार्ता हुने र सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्