arthik abhiyan
ad banner

विशिष्ट विदेशी पाहुनाको स्वागतका लागि चिटिक्क बन्दै काठमाडौं

Oct 10, 2019 
समाचार
Image Not Found
काठमाडौंको तीनकुनेमा बनाइएको कृत्रिम आइल्यान्ड । तस्वीर : निकेश खत्री/आर्थिक अभियान
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । अहिले काठमाडौं उपत्यकामा सडक मर्मत तथा अन्य सौन्दर्यका कामले तीव्रता पाएको छ । विशिष्ट विदेशी पाहुनाको स्वागतका लागि बिगतमा झैं यस वर्ष पनि काठमाडौं चिटिक्क बन्दैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका लागि सरकारका सम्बन्धित निकाय यतिबेला काठमाडौंका मुख्य सडक तथा केही महत्वपूर्ण स्थानमा रङरोगनका साथै विरुवा रोपेर हराभरा बनाउन सरकार तल्लिन छ । विदेशी पाहुना आउने भन्ने वित्तिकै काठमाडौंमा रातारात विकासका काम हुने गरेका छन् । 

उत्तरी छिमेकी मुलुक चीनबाट २३ वर्षपछि राष्ट्रपतिस्तरको भ्रमणका लागि चिनियाँ राष्ट्रपति सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको छ भने ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राख्न थालिएको छ । यसैगरी मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाउन थालिएको छ । यतिबेला कोटेश्वरस्थित तीनकुनेमा विरुवाहरु रोपेर कृत्रिम आइल्याण्ड बनाइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि, तीनकुने, नयाँ वानेश्वर, बबरमहल, माइतीघर, सिंहदरबार, थापाथली क्षेत्रका सडक मर्मत गरिएको छ । यसैगरी गौशाला, नक्साल भगवती, नागपोखरी, हात्तीसार, दरबारमार्ग, केशरमहल, भद्रकाली, सुन्धारा, कालीमाटी, सोल्टीमोडलगायतका क्षेत्रमा पनि सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्