arthik abhiyan
ad banner

श्वेता सेक्युरेटिज ३ दिन बन्द हुँदै

Oct 12, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । श्वेता सेक्युरिटिज प्राइभेट लिमिटेडकी अध्यक्ष सुचिता खनालको असोज २१ गते  निधन भएको छ । 

उनको निधनपछि सेक्युरेटिजले ब्रोकरबाट २३, २४ र २६ गत कारोबार सहित कार्यालय बन्द हुने सूचना नेप्सेमा दिएको छ । साथै, नेप्सेले खनालको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । खनाल विसं २०५० सालदेखि धितोपत्र बजारमा लागेकि थिइन् ।

 आर्थिक अभियानले खनालसँग गरेको अन्र्तवार्तामा धितोपत्र कारोबारमा  महिलालाई छुटको व्यवस्था गरिनुपर्ने बताएकी थिइन् ।  खनालले महिलाहरुलाई शेयरको तालिम समेत दिदै आएकि थिइन् ।  धितोपत्र बजारमा लागेकी उनी पहिलो महिला ब्रोकरको रुपमा कार्यरत हुन् ।

उनले धितोपत्र बजारमा महिला सहभागितालाई बढाउने अभियानमा सरकारबाट महिलाका पूँजीबजारमा पनि छूटको व्यवस्था गर्न माग गर्दै आएकी थिइन्  । 

उनले स्वेता सेक्युरेटिज प्राइभट लिमिटेडमा महिलाहरुकै लागि भनेर प्रत्येक बिहीवार तीन बजे पछि एक दिन आधारभुत र एक दिन प्राविधिक विश्लेषणको कक्षा सञ्चालन गर्दै आएकी थिइन्  । 
उनको ब्रोकर कम्पनीमा कुल कारोबारमा १०० प्रतिशतमा २५ प्रतिशत महिलाहरु रहेको उनले बताएकी थिइन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्