ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज बैंकको १२ औं सभा कात्तिक १५ गते हुँदै

Oct 12, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५ , काठमाडौं । सनराइज बैंक लिमिटेडले १२ औं वार्षिक साधारण सभा कात्तिक १५ गते गर्न लागेको छ ।  बैंकले बिहान १० बजे नक्साल बैंक्वेटमा शेयधरधनीहरुलाई बोलाएको हो ।

सभाले १० प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि ५ दशमलव ८० प्रतिशत नगद लाभांश पारित गर्ने छ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब १५ करोड २५ लाख छ । उक्त वोनस वितरपछि पूँजी रू. ८ अर्ब ९६ करोड ७८ लाख पुग्नेछ । 

सभाले वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने, सनराइज क्यापिटलको गत आवको विवरण प्रस्तुत गर्ने, संचालकको बैठक भत्ता वृद्धि गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्रािप्त गर्न उपयुक्त देखेमा संचालकलाई अख्तियारी दिने छ । 

बैंकले वार्षिक साधारण सभाको लागि शेयरधनी दर्ता किताब कात्तिक १ गते बन्द राख्ने भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्