arthik abhiyan
ad banner

समता लघुवित्तको २०० % हकप्रद आइतवारदेखि

Oct 12, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । समता लघुवित्त वित्तिय संस्था लिमिटेडको २०० प्रतिशत हकप्रद शेयरमा असोज २६ गतेदेखि आवेदन दिन सकिन्छ ।

कम्पनीले रू. १०० अंकित दरका ( १ : २ ) १ बराबर २ को अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले हकप्रद शेयरमा भदौ ३१ गतेसम्मका कायम शेयरधनीहरुले आवेदन दिन सक्ने छन् ।  आवेदकहरुले हकप्रदमा मंसिर १ गतेसम्म आवेदन दिन सक्ने छन् । 

कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपीओको विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 
आवेदकहरुले आईपोओ सि आश्वामा सदस्य भएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीको हाल चुक्तापूँजी रू. ६ करोड ६ लाख ७२ हजार रहेको छ । हकप्रद बाँडफाँट पछि पूँजी रू. १८ करोड २० लाख १६ पुग्नेछ । अघिल्लो आवमा रू. ७३ लाख ८५ हजार नाफा गरेको कम्पनीले गत आवमा रू. २ करोड ५७ लाख ९७ हजार नाफ कमाएको छ । 

कम्पनीले गत आवमा रू. ७९ लाख ३२ हजार खराब कर्जा संकलन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४२ दशमलव ३२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २३८ दशमलव ८७ रहेको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्