arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मर्चेन्ट बैंकरका लागि सहायक कम्पनी खोल्नुपर्ने

Oct 13, 2019  
१० वर्ष अघि
NA

मर्चेन्ट बैंकरको काम गरिरहेका बैंक तथा वित्तीय संस्थाले अबदेखि यस्तो काम गर्न सहायक कम्पनी खडा गर्नुपर्ने भएको छ । २०६६ भदौ १ गतेको नेपाल राजपत्रमा अर्थ मन्त्रालयले यस्तो सूचना प्रकाशित गरेपछि यो अवस्था आएको हो । मन्त्रालयको सूचनाअनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत मर्चेन्ट बैंकरको काम गरिरहेका वित्तीय संस्थाले सो काम गर्न चाहेमा छुट्टै संस्था खोल्नुपर्नेछ ।

सूचना अनुसार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र व्यापारी, बजार निर्माता, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापक तथा धितोपत्रको प्रत्याभूतकको रूपमा कारोबार गर्न चाहने बैंक तथा वित्तीय संस्थाले मात्र सहायक कम्पनी स्थापना गरेर मात्र त्यस्तो काम गर्न पाइनेछ । हाल १३ वटा बैंक तथा वित्तीय संस्थाले मर्चेन्ट बैंकरको रूपमा काम गरिरहेका छन् भने नबिल बैंकले मर्चेन्ट बैंकिङको कारोबार गर्न प्रारम्भिक स्वीकृति पाइसकेको छ । अब यी कम्पनीहरूले ६ महिनाभित्र सहायक कम्पनी खडा गरिसक्नुपर्नेछ । सोही सूचनाअनुसार यस्तो सहायक कम्पनीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याउने र ५१ प्रतिशत संस्थापक सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको हुनुपर्ने प्रावधान राखिएको छ ।

वर्ष ५, अंक १ २०६६, भदौ ८–१४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्